काठमाण्डौ। अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले अग्रता लिएसँगै विश्व बजारमा प्रभावित बनेको छ । ट्रम्पको अग्रतासँगै बिट्क्वाइनको मूल्य एकै दिन १० प्रतिशतले बढेर अहिलेसम्मकै उच्च कायम भएको छ ।
यो समचार तयार पार्दासम्म बिटक्वाइनको मूल्य यस अघिको रेकर्ड ७३ हजार ७९७ डलरलाई ब्रेक गरेर ७५ हजार डलरमा कारोबार भईरहेको छ । त्यसैगरि, अन्य क्रिप्टोकरेन्सिहरु लाइटक्वाइन , इथेरियम ,सोलोना र टिथर , डोजक्वाइनमा पनि बढोत्तरी आएको छ ।
अमेरिकी सेयर बजार डाउ जोन पनि ५ सय अंकले बढेको छ भने अधिकांश एशियाली बजारमा पनि वृद्धि देखिएको छ । आज जापानको निक्की२२५ इन्डेक्स ३.०२ प्रतिशतले बढेको छ । र चीनको साङ्घाईमा पनि बढोत्तरी आएको छ । तर निरन्तर उकालो लागेको सुनको मूल्यमा भने ब्रेक लागेको छ ।