काठमाण्डौ । आज बजारमा दिनभर सामान्य उचारचढाव रह्यो । तर अन्त्यमा भने बजार ११ अंकले घटेर बन्द भयो । यसले बजारमा लगानीकर्ताले खासै घटेर सेयर बेच्न नचाहेको संकेत गर्छ । प्राविधिक रुपमा आजको बजारलाई डेली बेसमा नियाल्दा बोलिङ्गरको माथिल्लो ब्याण्डमा आज पनि माथि लामो धागो सहितको क्याण्डल बनेको छ ।
यसले बजारमा केही नाफा बुक चलेको देखिन्छ । आज पनि बजारले २ हजार ७८५ विन्दुमा प्रतिरोध सामना गरेको देखिन्छ । यो विन्दुमा बजारले यसअघि पनि प्रतिरोध सामना गरेका कारण बजारले यो विन्दुमा कडा प्रतिरोधको सामना गरेको देखिएको छ ।
म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम सकारात्मक नै रहेको देखिन्छ । आज आरएसआई ५९ को तहमा रहेको छ भने मनी फ्लो इन्डेक्समा पनि बजार सामान्य रुपमा नै रहेको देखिन्छ । आज २ हजार ७४८ विन्दुमा बन्द भएको बजार यदि आगामी कारोबारमा २ हजार ७३० भन्दा तल गएमा केही बिक्री दबाब आउन सक्छ भने २ हजार ७८५ भन्दा माथि लागेमा बजारले पुनःअप ट्रेन्ड लिन पनि सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।