शनिबार, श्रावण ३०,२०८३ 08:12:29
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:12:29
Bizshala
Global IME Bank Limited

सिमेट्रिकल प्याटर्नमा चलेको बजारले कता गर्दै छ अबको ‘ब्रेक आउट?’

Prabhu Bank Limited
सिमेट्रिकल प्याटर्नमा चलेको बजारले कता गर्दै छ अबको ‘ब्रेक आउट?’
New Office

काठमाण्डौ । पछिल्लो समय भदौ २ गतेबाट खसेको बजार सिमेट्रिकल प्याट्रनमा चलेको देखिन्छ । भदौ महिनामा ३ हजारबाट खसेको बजारले २४४० विन्दुमा बलियो सपोर्ट लिएको देखिन्छ ।, त्यहाँबाट पनि माथि लागेको बजारले पछिल्लोपटक २ हजार ७९० विन्दु आसपास कडा प्रतिरोध सामाना गरेको देखिन्छ ।  

यसरी चलेको बजारलाई चार्टमा रेखा लगाएर नियाल्दा सिमेट्रिकल प्यार्टन बनाएको देखिन्छ । अर्थात बजार एउटा सिमेट्रिकल प्याटर्नभित्र चलेको देखिन्छ । यो भनेको लगानीकर्ताले खास निणर्य गर्न नसकेको भन्ने नै हो । आज २ हजार ७३४ विन्दुमा बन्द भएको बजारले अब कता ब्रेक अप गर्छ भन्ने हालसम्म कुनै प्रष्ट दिशा देखिदैन ।  

CG Motors

यदि बजार आगामी दिनमा २ हजार ७९० विन्दुभन्दा माथि जान्छ भने अपर लाइन ब्रेक गरेको मानिने छ । यसले बजारमा  अप साइडको सम्भावना अधिक रहन्छ । तर बजार २ हजार ७२० विन्दु भन्दा तल जान्छ भने लोअर लाइन ब्रेक डाउन गरेको मानिने छ ।  

जस कारण बजार केही समय डाउन ट्रेन्डमा पनि जान सक्छ । तर अहिले नै बजार प्राविधिक रुपमा कुन दिशामा जान्छ  भनेर प्रष्ट रुपमा भन्न नसकिने अवस्था रहेको छ । यद्यपी बजार २७ सय विन्दुभन्दा माथि रहुन्जेल अपर साइडकै सम्भावना अधिक रहन्छ  ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस होइन ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.