बुधबार, चैत्र २०,२०८१ 02:28:59
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:28:59
IME remit
Global IME Bank Limited

हिमालयन क्यापिटलको ७ औं वार्षिक साधारण सभा सम्पन्न, ७% लाभांश पारित

Hyundai Nepal
हिमालयन क्यापिटलको ७ औं वार्षिक साधारण सभा सम्पन्न, ७% लाभांश पारित
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन क्यापिटल लिमिटेडले आफ्नो सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा बुधबारको दिन कमलादीमा रहेको क्यापिटलको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।  

सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ । 

Shivam Cement
Bizshala
CG Motors

साथै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ७ प्रतिशत नगद लाभांश वितरणको स्वीकृति पनि सभामार्फत पारित गरिएको छ । साधारण सभामा संस्थाका सञ्चालकहरुको पुर्ननियुक्ति सम्बन्धि प्रस्ताव पनि अनुमोदन भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ का उपलब्धिहरूको समीक्षा गर्दै संस्थाका अध्यक्ष सुनीलप्रसाद गोर्खालीले संस्थाका भावी योजनाहरुबारे मन्थन गरी संस्थाका सेयरधनीहरु, ग्राहक र सरोकारवालाहरुलाई उनीहरुको निरन्तर साथ र सहयोगको लागी आभार ब्यक्त गरे । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले संस्थाले प्रविधिको उच्चतम प्रयोग गर्दै आफ्ना सबै ग्राहकहरूलाई आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.