काठमाण्डौ । आज बजार करिब १० अंकले बढ्दा ७ अर्ब ९ करोडको कारोबार भयो । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा आज बजारले मध्य ब्याण्डमा सपोर्ट लिएको देखिन्छ । अघिल्लो कारोबारमा वियरिस मारुबुजु क्याण्डल बनेको बजारमा आज ह्याम्मर प्रकितिको क्याण्डल बनेको छ ।
यसले सम्भावित रुपमा बजारले माथिको यात्रा लिँदै गरेको मान्न सकिन्छ । तर यो क्याण्डल भ्यालिड हुन आगामी क्याण्डल बुलिस प्रकृतिको बन्नु पर्नेछ । अर्थात बजार २७४० विन्दुभन्दा माथि आगामी कारोबारमा भोल्युमसहित टिकेको खण्डमा बजारले माथिको यात्रा तय गरेको मान्न सकिन्छ । म्याक्डीमा बजार बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । आरएसआईमा बजार न्यूट्रल जोन ५२ मा चलेको छ ।
आज बजार बढेता पनि कारोबारमा भने खासै सुधार हुन सकेको छैन । यदि आगामी दिनमा कारोबार र सूचक दुवै बढेमा बजारले अप ट्रेन्ड लिन सक्छ । अन्यथा बजार केही समय साइडवेज पनि चल्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।