काठमाण्डौ । ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुवै बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि मंसिर ८ गते बुक क्लोज गर्दैछन् ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।
ग्लोबल आइएमई बैंकले गत आवका लागि चुक्तापूँजीको ५.५० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । यस्तै प्राइम कमर्सियल बैंकले पनि गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने घोषणा गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।