बिहीबार, श्रावण २८,२०८३ 01:15:03
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 01:15:03
Bizshala
Global IME Bank Limited

नेप्सेको सपोर्ट जोनमा ‘ड्रागन फ्लाई डोजि’, बजारमा रिभर्सलको संकेत

Prabhu Bank Limited
नेप्सेको सपोर्ट जोनमा ‘ड्रागन फ्लाई डोजि’, बजारमा रिभर्सलको संकेत
New Office

काठमाण्डौ । नेप्सको दैनिक चार्टमा आज ड्रागन फ्लाई डोजी बनेको छ । (हेर्नुहोस् कालो एरो) बजारले आज पनि २६६० विन्दुमा सपोर्ट लिएको छ । यस अघि पनि बजारले यहि विन्दुमा सपोर्टं लिएका थियो ।

सेयर तथा सूचकको सुरु, अन्तिम र अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो देखिएको मैनबत्तीलाई ड्रागन फ्लाई डोजी भनिन्छ । यो मैनबत्ती अंग्रेजी अक्षरको ‘टी’ आकारको हुन्छ ।  

यसले दिनभरको कारोबार समय बिक्रेताले नियन्त्रण लिएको र कारोबारको अन्तिम समयमा क्रेताले बजारलाई माथि धकेली पुनः सुरुको मूल्य तथा सूचकमा पुर्याएको हुन्छ । यो मैनबत्तीले तलको लामो धागोले बजारमा क्रेताको चाप रहेको कुरालाई संकेत गर्छ भने माथिको छोटो धागोले बिक्रेताको दबाब अझै कायम रहेको बुझिन्छ ।  

लामो समयको घट्दो ट्रेन्डमा यस्तो आकृति देखा परेमा बजारले बुलिस ट्रेन्डमा जाने संकेत गर्छ । तर यसको कन्फरमेसनको लागि भने बजार आगामी दिनमा २७ सय माथि टिक्नु पर्नेछ ।   यसअघि यस्तै आकृति बन्दा बजार बुलिस बनेको थियो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.