काठमाण्डौ । हुन्डाईले अमेरिकी बजारबाट २ लाख युनिट बढी कार फिर्ता मगाउने भएको छ । रियर भ्यु क्यामेरामा समस्या उत्पन्न भएपछि कम्पनीले अमेरिकाबाट २ लाख २६ हजार ११८ युनिट कार फिर्ता मगाउन लागेको हो ।
अमेरिकाको ‘नेशनल हाईवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन’ले बुधबार यस बारे जानकारी दिएको हो । यो निर्णयबाट सान्ता फि एसयुभी र एलान्त्रा सेडान २०२१–२०२२ का केही निश्चित मोडलहरु प्रभावित बन्ने छन् ।
यसरी फिर्ता मगाइएको कारको रियर भ्यु क्यामेरा निःशुल्क रुपमा परिवर्तन गरिने नेशनल हाईवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन’ले जनाएको छ ।