शनिबार, श्रावण ३०,२०८३ 08:10:27
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:10:27
Bizshala
Global IME Bank Limited

बजारले पटक–पटक २७८० विन्दुमा किन प्रतिरोध सामना गरिरहेको छ ? अबको सम्भावना के ?

Prabhu Bank Limited
बजारले पटक–पटक २७८० विन्दुमा किन प्रतिरोध सामना गरिरहेको छ ? अबको सम्भावना के ?
New Office

काठमाण्डौ । पछिल्लोपटक भदौ महिनमा ३ हजारको विन्दुबाट तल खसेको बजारले २४६० विन्दुमा बलियो सपोर्ट लिएको थियो । त्यहाँबाट माथि लागेको बजारले पहिलोपटक २७८० विन्दुमा प्रतिरोध सामना गर्यो ।  

त्यसपछि बजारले आजसम्म गरेर यहि विन्दुमा ४ पटक क्रमशः प्रतिरोध सामना गर्यो । प्राविधिक रुपमा यस्तो अवस्थालाई  ‘बुल रिजेक्सन’ भनिन्छ । अर्थात बजार साइडवेजमा चलेको भन्ने हो । हाल बजारले २६०६ देखि २७८० विन्दुमा साइडवेज चलेको देखिन्छ । यो विन्दुमा धेरैपटक बजारले प्रतिरोध सामना गरेपछि धेरै लगानीकर्ता यसलाई ख्याल गर्दा नै बजार माथि जान नसकेको हो ।  

CG Motors

अघिल्लोपटक पनि बजारले १८ सय देखि २२ सय सम्मै यस्तै प्रतिरोध सामना गरेको थियो । तर पाँचौपटक बजारले यो विन्दुबाट माथि लागेपछि ३ हजार विन्दुसम्म बजार पुगेको थियो । हालको बजारलाई सूक्ष्म रुपमा डाउ थेउरी मार्फत नियाल्दा भने भने बजारले २४६० देखि २७८० विन्दुसम्म हायर हाई र हायर लो का सिरिज बनाउँदै गरेको कारण बजार बुलिस नै रहेको देखिन्छ ।  

कारोबार तथा भोल्युममार्फत नियाल्दा पनि पछिल्लोपटक बजारमा दैनिक ८–९ अर्बको कारोबार भएको छ । यस कारण कारोबार मार्फत हेर्दा पनि बजार मजबुत नै रहेको छ । यद्यपी बजार बुल नै जान भने आगामी कारोबारमा यो विन्दुलाई बजारले कारोबार तथा भोल्युममार्फत ब्रेक आउट गर्नुपर्ने छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.