Bizshala
  • बिहीबार, पुष २४,२०८२ 05:07:31
Bizshala
Global IME Bank Limited

यी दुई कम्पनीको साधारण सभा आज बस्दै, कुन–कुन अजेण्डा हुँदैछन् पारित ?

Hyundai Nepal
यी दुई कम्पनीको साधारण सभा आज बस्दै, कुन–कुन अजेण्डा हुँदैछन् पारित ?
Shivam Cement

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज साधारण सभा आयोजना गर्ने कम्पनीहरुमा सगरमाथा जलविद्युत कम्पनी र माई खोला हाईड्रोपावर रहेका छन् ।  

सगरमाथा जलविद्युत कम्पनी लिमिटेड

सगरमाथा जलविद्युत कम्पनीको साधारण सभा आज काठमाण्डौको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ९ बजेदेखि सुरु हुनेछ । उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Bizshala
Garima Development Bank

यस्तै बोनस सेयर वितरणपश्चात हुने कम्पनीको चुक्तापूँजी वृद्धि बमोजिम प्रबन्धपत्र र नियामावलीमा संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित हुनेछ ।  

सभामा अन्य कम्पनीमा लगानी गर्ने, गत आर्थिक वर्षको वासलात,नाफा नोक्सान हिसाब तथा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित गत चालु आर्थिक वर्षका लागि लेखापरीक्षको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि कम्पनीले गत कात्तिक २६ गते बुक क्लोज गरिसकेको छ । यसर्थ कात्तिक २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit

माई खोला हाईड्रोपावर

माई खोला हाईड्रोपावरको चौथो साधारण सभा काठमाण्डौको शंखपार्कमा रहेको स्मार्ट दरबारमा बिहान ९ बजेदेखि सुरु हुनेछ । कम्पनीले गत आवको मुनाफाबाट कुनै प्रकारको लाभांश घोषणा नगरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव पेश हुनेछैन ।  

सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने र लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.