काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १७ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
यसर्थ आज नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै उक्त प्रस्तावित लाभांश पाउनेछन् ।
कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ५.६३१ प्रतिशत नगद लाभांश गरी कुल १२.६३१ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । लाभांश पारित गर्न कम्पनीले आगामी मंसिर २८ गते काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा साधारण सभा आयोजना गर्दैछ ।