सुपरमाई हाईड्रोपावरको सेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल नियुक्त
काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडले आफ्नो धितोपत्र कारोबार व्यवस्थापन र रजिष्ट्रार सम्बन्धी कार्यका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारको रूपमा नियुक्त गरेको छ।

