• शुक्रबार, भाद्र २७,२०८२ 09:26:41
Global IME Bank Limited

सुपरमाई हाईड्रोपावरको नाफा बढ्दा विद्युत बिक्री आम्दानी भने घट्यो,ईपीएस ११.५३ रुपैयाँ

Hyundai Nepal
सुपरमाई हाईड्रोपावरको नाफा बढ्दा विद्युत बिक्री आम्दानी भने घट्यो,ईपीएस ११.५३ रुपैयाँ

काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ५ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १४.८७ प्रतिशतले बढी  हो ।  

अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको नाफा ५ करोड १ लाख रुपैयाँ थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १.९३ प्रतिशतले घटेको छ । यो गिरावटसँगै कम्पनीले विद्युत बिक्रीबाट १३ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको अप्रत्यक्ष आम्दानी ३० लाख २९ हजार रुपैयाँ रहेको छ ।  

कम्पनीले प्रशासन व्यवस्थापनका लागि ३० लाख ५९ हजार र कर्मचारीको तलब सुविधा तथा भत्ताका लागि ९ लाख ९१ हजार रुपैयाँ खर्च गरेको छ । कम्पनीसँग ७ करोड ३१ लाख रुपैयाँबराबरको नगद मौज्जाद रहेको छ भने ८२ करोड २१ लाख रुपैयाँबराबरको दीर्घकालिन कर्जा रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ११.५३ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १२१.८८ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८७.५० रुपैयाँ कायम भएको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.