काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज.(मंसिर १८ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.२२ रुपैयाँ र बिक्रीदर १३५.८२ रुपैयाँ कायम भएको छ ।
यसअघि गत मंसिर ७ गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३४.९० रुपैयाँ र बिक्रीदर १३५.५० रुपैयाँ कायम भएको थियो ।
यस्तै आज एक यूरोको खरिददर १४२.३४ रुपैयाँ र बिक्रीदर १४२.९७ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.९३ रुपैयाँ र बिक्रीदर १७२.६९ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.८३ रुपैयाँ र बिक्रीदर ८८.२२ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ र बिक्रीदर ९.०४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.८१ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.५९ रुपैयाँ र बिक्रीदर १८.६७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.३२ रुपैयाँ र बिक्रीदर ३०.४५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.०८ रुपैयाँ र बिक्रीदर ३७.२४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६३ रुपैयाँ र बिक्रीदर ९.६७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४० रुपैयाँ र बिक्रीदर ४४१.९५ रुपैयाँ कायम भएको छ ।