IME remit
  • शनिबार, कार्तिक १,२०८२ 12:29:16
IME remit
Global IME Bank Limited

नेपालमै उत्पादित प्रिमियम गुणस्तरीय कजारिया टायल्स सर्वसुलभ उपलब्ध

Hyundai Nepal
नेपालमै उत्पादित प्रिमियम गुणस्तरीय कजारिया टायल्स सर्वसुलभ उपलब्ध
Shivam Cement

काठमाण्डौ । नेपालको व्यापारिक तथा औद्योगिक समूह रमेश कर्प र भारतको कजारिया सिरामिक्स लिमिटेडको संयुक्त लगानीमा नवलपरासीमा अत्याधुनिक उद्योग स्थापना गरेर कजारिया ब्राण्डको टायल्स उत्पादन भइरहेको छ । कजारिया रमेश टायल्स लिमिटेडले २०७९ सालदेखि नवलपरासीमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक उद्योग स्थापना गरेर उत्पादन शुरु गरेको हो ।  

हाल कजारिया ब्राण्डका ६०० बाई ६०० एमएम, ६०० बाई १२०० एमएम साइजमा ग्लेज भिट्रिफाइड टायल्स र ४००बाई ४०० एमएमका हेभी ड्यूटी भिट्रीफाइड टायल्स उत्पादन गरि बजारमा बिक्रि वितरण गरिरहेको छ । कम्पनीले निकट भविष्यमा ३००बाई ६०० एमएमर ३००बाई ४५० एमएमसिरामिक्स टायल्स पनि छिट्टै नेपाली बजारमा ल्याउदै छ ।  

 अहिले कम्पनीले देशभर १०० भन्दा बढी डिष्ट्रीब्यूटर र डिलरबाट कजारिया टायल्स बिक्री वितरण गरिरहेको छ भने निकट भविष्यमा आफ्नो बजारलाई आक्रामक रुपमा विस्तारको रणनीति बनाएको छ । कजारिया टाइल्स नेपालमै उत्पादन भएपछि पनि यसको उच्च गुणस्तर कायमै रहेको कम्पनीले दाबी गरेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

साथै, कजारिया टाइल्सको भारतबाट आयात गरि बिक्री वितरण गर्ने भन्दा नेपालमै उत्पादन हुन थालेपछि २० देखि २५ प्रतिशतले सस्तो भएको कम्पनीले जनाएको छ ।  

कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवालले नेपाली बजारबाट पाएको सकारात्मक प्रतिक्रियाबाट उत्साहित रहेको बताउदै भने, ‘हामी कजारिया टायल्सलाई नेपालमा प्रस्तुत गर्दा धेरै उत्साहित छौं । नेपाली बजारले हाम्रो उत्पादसँग असाधारण माया र समर्थन दिएको छ । कजारिया टायल्सको माग दिन प्रतिदिन बढिरहेको छ र हामी हाम्रा ग्राहकको आवश्यकता अनुसार उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउन प्रतिबद्ध छौं । नेपालमा हाम्रा उत्पादनको बढ्दो मागले हामी विस्वस्थ छौं नेपाली बजारमा कजारिया टायल्सको भविष्य उज्जवल छ ।’

उनले भने, ‘कजारिया टायल्सको उत्पादन प्रक्रिया अत्याधुनिक प्रविधिको प्रयोगबाट अत्यन्त गुणस्तरीय र दीर्घकालिन टिकाउपनका लागि डिजाइन गरिएको छ । हाम्रो उद्देश्य भनेको नेपाली ग्राहकलाई उत्कृष्ट, किफायती र टिकाउ टायल्स प्रदान गर्नु हो, जसले निर्माणको सबै पक्षमा गुणस्तर र सौन्दर्यलाई जोड दिनेछ । हामी नेपालमा आफ्नो उपस्थिति अझ बलियो बनाउन प्रतिबद्ध छौं ।’

CG Motors
Muktinath Bikas Bank Limited

 कजारिया टायल्सको मुख्य विशेषता भनेको यसको उत्कृष्ट गुणस्तर र डिजाइन हो । कजारिया टायल्सको निर्माण प्रक्रिया अत्याधुनिक प्रविधिबाट गरिएको छ, जसले उच्च गुणस्तरीय र टिकाउ टायल्स उत्पादन गर्नमा मद्दत पुर्याएको छ । यसले आधुनिक र पारम्परिक दुवै शैलीका निर्माणमा उपयुक्त समाधान प्रदान गर्दछ । कजारिया टायल्स नेपाली बजारमा विभिन्न डिजाइन, रंग र आकारमा उपलब्ध रहेकाले निर्माण क्षेत्रको गुणस्तरमा सुधार ल्याउने विश्वास कम्पनीको रहेको छ ।  

कजारिया टायल्स नेपालमै उत्पादन हुन थालेपछि निर्माण व्यवसायमा नयाँ युगको शुरुआत गरेको छ । जसले गर्दा प्रिमियम गुणस्तरीय टायल्सहरू अझ सुलभ मुल्यमा सहज रुपमा उपलब्ध भइरहेका छन् । कजारिया टायल्सको सफलता नेपालको निर्माण उद्योगमा एक नयाँ बेन्चमार्क बनेको छ । जसले स्थानीय निर्माण व्यवसायीहरूको आवश्यकता र ग्राहकहरूको प्राथमिकतामा आधारित अन्तर्राष्ट्रिय उत्पादनहरू उपलब्ध गराइरहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.