शनिबार, असार १४,२०८२ 05:52:15
  • शनिबार, असार १४,२०८२ 05:52:15
Global IME Bank Limited

दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Hyundai Nepal
दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Nabil Bank Limited

काठमाण्डौ । आज दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । हिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (फागुन ६ गते) अन्तिम दिन रहेको हो ।  

हिमालयन रि इन्स्योरेन्सले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि सोमबार फागुन ७ गते र एशियन लाइफले फागुन ८ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न सभामा सहभागी हुन योग्य हुनेछन् । भोली फागुन ७ गते प्रजातन्त्र दिवसको सार्वजनिक बिदा परेकाले नेप्सेमा कुनै सेयर कारोबार हुने छैन ।  

CG Motors
Muktinath Bikas Bank Limited

हिमालयन रिले गत आर्थिक वर्ष २०७९/८० का लागि ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ४.२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले आगामी फागुन २० गते वार्षिक साधा्रण सभा आयोजना गर्दैछ । उक्त सभाबाट कम्पनीके प्रस्तावित लाभांश पारित गरिनेछ ।  

त्यस्तै एशियन लाइफले पनि गत आवका लागि ७.७५ प्रतिशत बोनस सेयर र ०.४०७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ८.१६ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले आगामी फागुन १८ गते आयोजना गर्ने वार्षिक साधारण सभाबाट उक्त लाभांश पारित गरिनेछ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.