IME remit
  • शनिबार, कार्तिक १,२०८२ 09:05:10
IME remit
Global IME Bank Limited

टिकटक र सञ्चार मन्त्रालयद्वारा ‘डिजिटल सेफ्टी समिट नेपाल’को आयोजना

Hyundai Nepal
टिकटक र सञ्चार मन्त्रालयद्वारा ‘डिजिटल सेफ्टी समिट नेपाल’को आयोजना
Shivam Cement

काठमाण्डौ । टिकटकले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको साझेदारीमा मंसिर १८ गते ‘डिजिटल सेफ्टी समिट’ नेपालको आयोजना गरेको छ। यस कार्यक्रमले अनलाइन सुरक्षा र डिजिटल साक्षरता प्रवर्द्धन गर्न सरकारी अधिकारी, शिक्षाविद्, डिजिटल अधिकार विज्ञ, बालबालिकाको सुरक्षा सम्बन्धि अधिवक्ताहरू र उद्योगी व्यवसायी लगायत विभिन्न सरोकारवालाहरूलाई एकै ठाउँमा भेला गराएको थियो।

शिखर सम्मेलनमा टिकटक क्रियटर सुवास घिमिरे, सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुर, डिजिटल सेफ्टी एक्सपर्ट सन्तोष सिग्देलजस्ता प्यानलिस्टहरू सहित ‘नेभिगेटिङ रिस्क, प्रोटेक्टिङ युजर्सः ए कोलाबोरेटिभ अप्रोच टु डिजिटल सेफ्टी (जोखिमको अनुगमन, प्रयोगकर्ताहरूको सुरक्षाः डिजिटल सुरक्षाका लागि एक साझा दृष्टिकोण’नामक प्यानल छलफल लगायत अन्य अन्तर्दृष्टिपूर्ण छलफलहरू प्रस्तुत गरिएको थियो।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

कार्यक्रममा टिकटकका फ्यामिली पेयरिंग जस्ता टुल्स र नेपाली प्रयोगकर्ताहरूको सुरक्षामा यसको प्रतिबद्धतालाई जोड दिँदै मुख्य सुरक्षा पहलहरूलाई पनि सम्बोधन गरिएको थियो।

दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फिरदौस मोत्ताकिनले भने, ‘टिकटकमा हामी हाम्रा प्रयोगकर्ताहरू, विशेष गरी बालबालिका र युवाहरूको अनलाइन सुरक्षा र भलाइ सुनिश्चित गर्न प्रतिबद्ध छौं। यो शिखर सम्मेलनले नेपालमा सुरक्षित अनलाइन वातावरण सिर्जना गर्ने दिशामा एक महत्वपूर्ण कदम चाल्नेमा हामी विश्वस्त छौं। हामी हाम्रा पहलहरू मार्फत् डिजिटल साक्षरता र अनलाइन सुरक्षा प्रवर्द्धन गर्न समर्पित छौंर हामी यो लक्ष्य हासिल गर्न नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता दिन तत्पर छौं।’

शिखर सम्मेलनमा टिप्पणी गर्दै संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले सुरक्षित अनलाइन इकोसिस्टम सिर्जना गर्न मन्त्रालयको अटल प्रतिबद्धतामाथि प्रकाश पारे। उनले भने, ‘यो शिखर सम्मेलन नेपालका युवाहरूका लागि सुरक्षित र समावेशी डिजिटल वातावरण सुरक्षित गर्ने हाम्रो मिशनमा एउटा महत्त्वपूर्ण कदम हो। बालबालिकालाई अनलाइन सुरक्षा प्रदान गर्ने र डिजिटल रूपमा जिम्मेवार समाजको प्रवर्द्धन गर्ने नविनतम उपायहरू लागू गर्ने प्रयासमा सरकार अडिग छ।’

CG Motors
Muktinath Bikas Bank Limited

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो मुख्यभाषण मार्फत् डिजिटल सुरक्षा अभिवृद्धि गर्न सरकारको प्रतिबद्धतालाई जोड दिए। नेपालमा टिकटकको सार्वजनिक नीति कार्यक्रम विस्तार गर्ने, नेपालमा बलियो, सुरक्षित डिजिटल इकोसिस्टमको बाटो बनाउने विषयमा छलफल गरेर शिखर सम्मेलन समापन गरिएको थियो।

नेपाली समुदायका लागि सुरक्षित डिजिटल भविष्य सिर्जना गर्ने नयाँ समर्पणका साथ डिजिटल सेफ्टी समिट नेपाल समापन भएको छ। यस कार्यक्रमले महत्त्वपूर्ण सरोकारवालाहरूलाई एकजुट गरेर अर्थपूर्ण साझेदारी, चेतना अभिवृद्धि र युवाहरूको अनलाइन कल्याणप्रवर्द्धन गर्ने आधार सिर्जना गरेको छ। टिकटक र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस महत्त्वपूर्ण कुराकानीलाई जारी राख्ने र नेपालभर डिजिटल साक्षरता पहलहरू विस्तार गर्ने प्रतिबध्दता पुनः व्यक्त गरेका छन्।

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.