मंगलवार, आश्विन २०,२०८३ 09:01:40
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 09:01:40
Bizshala
Global IME Bank Limited

मन्त्री गुप्ताद्वारा नामी र सेरेसको शोरुम उद्घाटन

Bizshala
मन्त्री गुप्ताद्वारा नामी र सेरेसको शोरुम उद्घाटन
New Office

काठमाण्डौ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विद्युतीय गाडी नामी र सेरेसको नयाँ शोरुम उद्घाटन गरेका छन् । नेपालका लागि डोङफेङ नामी र सेरेसको आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धि मोटर्सले वीरगञ्जमा नारायणी अटोकर्पसँगको साझेदारीमा सञ्चालन गरेको नयाँ शोरुम हिजो बुधबार मन्त्री गुप्ताले उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा मन्त्री गुप्ताले नेपालभर आफ्नो प्रभाव विस्तार गर्ने र आफ्ना ग्राहकहरूको आवश्यकता पूरा गर्ने एमएडब्ल्यू वृद्धिको प्रतिबद्धतामा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । ‘नेपालको प्रमुख व्यापारिक सहरहरूमध्येको एक हो वीरगञ्ज । यहाँ यस प्रकारका प्रतिष्ठित कम्पनीहरूले आफ्नो सेवा विस्तार गर्नु समग्र वीरगञ्जवासीका लागि खुसी र गौरवको कुरा हो,’ मन्त्री गुप्ताले भने, ‘यी र यस्ता प्रतिष्ठित अनि ठूला कम्पनीहरू वीरगञ्जमा अझै आउनुपर्छ र व्यापारिक गतिविधिहरू व्यापक बन्नुपर्छ ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

टेस्ट ड्राइभ क्याम्प पनि सञ्चालन

शोरुम उदघाटनको अवसरमा वीरगञ्जमा अहिलेसम्मकै ठूलो ‘एक्सचेञ्ज र टेस्ट ड्राइभ क्याम्प’ पनि सञ्चालन गरेको नारायणी अटोकर्पले जनाएको छ । यही मंसिर गते शुक्रबारसम्म हरेक बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सो क्याम्प सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।

क्याम्पले ग्राहकहरूलाई नवीनतम विद्युतीय सवारी साधनहरूको अन्वेषण र परीक्षण गर्ने, विशेष लञ्च अफरहरूको आनन्द लिने र उत्कृष्ट एक्सचेञ्ज मूल्य र अतिरिक्त बोनसहरूका साथमा आफ्नो सवारीलाई अपग्रेड गर्ने अनुपम अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ ।

आगन्तुकहरूले प्रत्येक नयाँ खरिदको साथमा अन–स्पट फाइनान्सिङ र निःशुल्क सामानहरूको फाइदा लिन सक्ने छन् । खानाका स्टलहरू, संगीत, परिवार–अनुकूल गतिविधिहरू र प्रत्येक टेस्ट ड्राइभ वा मूल्याङ्कनका लागि विशेष उपहारहरूको साथमा कार्यक्रम उत्साहपूर्ण भइरहेको बताइएको छ ।

वीरगञ्जमा विरलै हुने यस कार्यक्रमको हिस्सा बन्ने र दिगो ड्राइभिङको भविष्यको अनुभव गर्ने मौका नगुमाउन कम्पनीले आफ्ना ग्राहक र आम सर्वसाधारणमा आग्रह गरेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.