काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको करिब पौने ३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि २ लाख ७५ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ । आवेदन दिदा खरिद गर्ने सेयरको कित्ताको मूल्य तथा संख्या खुलाउनु पर्नेछ ।
तोकिएको समयभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।