बिहीबार, बैशाख १०,२०८३ 12:37:08
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 12:37:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सहमति नभएपछि नेतृत्व चुन्न ब्रोकरहरु मतदानमा

Bizshala
सहमति नभएपछि नेतृत्व चुन्न ब्रोकरहरु मतदानमा
Shivam Cement

काठमाण्डौ । सहमतिको प्रयास बिफल भएसँगै नेपाली सेयर बजारका ब्रोकरहरुको छाता संगठन स्टक  ब्रोकर एशोसिएसन अफ नेपालमा नेतृत्व चुन्नका लागि मतदान प्रक्रिया सुरु भएको छ ।  

काठमाण्डौको बानेश्वरस्थित एक होटलमा आज दिउँसो ३ बजेदेखि मतदानको प्रक्रिया सुरु भएको हो ।  

नयाँ र पुरानाहरुले खोलेका दुई संगठनको औपचारिक मर्जर भएपछि एकबद्ध बनेका ब्रोकरहरुले नयाँ नेतृत्व चुन्ने कार्यक्रम भएकोले यसलाई महत्वका साथ हेरिएको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

ब्रोकरहरुको चुनावमा सागर ढकाल र राजकुमार तिमिल्सिनाले प्यानल नै बनाएर उम्मेद्वारी दिएका छन् ।  

पुराना र अग्रज ब्रोकरहरुको पहलमा यी दुई प्यानललाई राखेर सहमतिका लागि निकै धेरै प्रयास भए पनि त्यो सफल नभएपछि नियमित निर्वाचन कार्यक्रम नै सुरु भएको हो ।

मतदान गर्न लामबद्ध ब्रोकरहरु । 

  

अहिले ब्रोकरहरु लाइन लागेर आफ्नो भावी नेतृत्व चुन्ने प्रक्रियामा सामेल भइरहेका छन् ।  

कुल ९२ मतदाता रहेकोले आज रातिसम्म निर्वाचनको मतपरिणाम आइसक्ने बताइएको छ ।

CG Motors
Garima Development Bank
IME remit

 पछिल्लो समय नेपालको पूँजीबजार बिस्तार भएसँगै लगानीकर्ताहरुको संख्या रफ्तारमा बढिरहेको छ । सोहीअनुसार ब्रोकरको संख्या समेत बढेर ९२ पुगेको हो । उनीहरुको कार्यक्षेत्र पनि व्यापक रुपमा बिस्तार भएको छ । लाखौं लगानीकर्ताहरुले कारोबार गर्ने, लगानीकर्ताहरुलाई कतिपयले सेयर किनबेचको सल्लाह सुझावसम्म दिने भएकोले पूँजीबजारमा ब्रोकरको महत्व बढ्दो छ । बजारको चाल ब्रोकरकै हातमा हुँदै आएकोले समेत पछिल्लो समय राष्टिय अर्थतन्त्रमा समेत उनीहरुको भूमिकाको खोजी हुन थालेको छ । यस्ता कारणहरुले समेत ब्रोकरको नेतृत्वमा आकर्षण र प्रतिस्पर्धा बढ्दै गएको देखिन्छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.