आईतवार, असार १४,२०८३ 01:08:39
Bizshala
  • आईतवार, असार १४,२०८३ 01:08:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतको केन्द्रीय बैंकद्वारा ब्याजदर यथावत राख्ने निर्णय, जीडीपी वृद्धिदर घटाईयो

Laxmi Sunrise Bank Limited
भारतको केन्द्रीय बैंकद्वारा ब्याजदर यथावत राख्ने निर्णय, जीडीपी वृद्धिदर घटाईयो

काठमाण्डौ । भारतीय केन्द्रीय बैंक,रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)’ले ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । आरबीआईका गभर्नर शक्तिकान्त दासले मौद्रिक नीति सार्वजनिक गर्दै रेपो रेटमा कुनै परिवर्तन नभएको जानकारी दिएका हुन् ।  

New Office
CG Motors
Garima Development Bank

यससँगै भारतमा रेपो रेट ६.५० प्रतिशत नै कायम भएको छ । रेपो रेटमा परिवर्तन नभएको यो ११ औं पटक हो । आरबीआईले पछिल्लोपटक सन् २०२३ को फेब्रुअरी महिनामा रेपो रेट परिवर्तन गरेको थियो । त्यसबेला आरबीआईले रेपो रेट २५ बेसिक प्वइन्टले बढाएर ६.५० प्रतिशत पुर्याएको थियो । त्यसपश्चात हालसम्म रेपो रेटमा कुनै परिवर्तन भएको छैन ।  

आज सार्वजनिक भएको मौद्रिक नीतिमा महङ्गीलाई लक्षित गरी ऋणलाई केन्द्रीत गरिएको जनाइएको छ । त्यसैले रेपो रेटमा कुनै परिवर्तन गरिएको छैन ।  

गभर्नर शक्तिकान्त दासले सन् २०२४/२५का लागि अनुमानित जीडीपी वृद्धि घटाएर ६.६ प्रतिशत कायम गरेका छन् । जसमा तेस्रो त्रैमासमा ६.८ प्रतिशत र चौथौ त्रैमासमा ७.२ प्रतिशत रहने अनुमान गरिएको छ । यस्तै अर्को वर्षको पहिलो त्रैमासको वृद्धिदर ६.९ प्रतिशत र दोस्रो त्रैमासको ७.३ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भारतीय केन्द्रीय बैंकले वित्त वर्ष २०२५ मा उपभोक्ता महङ्गाईदर ४.८ प्रतिशत रहने अनुमान गरेको छ ।  

यस्तै सीआरआर पनि ४.५ प्रतिशतबाट घटाएर ४ प्रतिशत कायम गरिएको छ । यसबाट बैंकहरुलाई राहत पुग्ने अनुमान गरिएको छ । यसका कारण बैंकहरुमा नगद प्रवाहको कमी हुने छैन । पछिल्लो समय भारतीय बैंकहरु नगदको समस्यासँग जुधिरहेका थिए । तर आरबीआईको यो निर्णयले तरलतामा कमी नआउने आँकलन गरिएको छ ।  

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.