नेपाल आएका भारतीय केन्द्रीय बैंकका गभर्नरले भने,‘आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्नेतर्फ मौद्रिक नीति केन्द्रीत हुनुपर्छ’
काठमाण्डौ । भारतको केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दासले मुलुकको आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्नेतर्फ मौद्रिक नीति केन्द्रीत हुनुपर्ने बताएका छन् । दासले नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘प्रथम हिमालयन शमशेर स्मृति लेक्चर’लाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर स्व. हिमालय शमशेर जबराको स्मृतिमा राष्ट्र बैंकले पहिलो पटक उक्त...