आईतवार, फाल्गुन ११,२०८१ 10:41:13
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 10:41:13
IME remit
Global IME Bank Limited

नेपाल आएका भारतीय केन्द्रीय बैंकका गभर्नरले भने,‘आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्नेतर्फ मौद्रिक नीति केन्द्रीत हुनुपर्छ’

Hyundai Nepal
नेपाल आएका भारतीय केन्द्रीय बैंकका गभर्नरले भने,‘आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्नेतर्फ मौद्रिक नीति केन्द्रीत हुनुपर्छ’
Nabil Bank Limited

काठमाण्डौ । भारतको केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दासले मुलुकको आर्थिक वृद्धिलाई  प्रवर्द्धन गर्नेतर्फ मौद्रिक नीति केन्द्रीत हुनुपर्ने बताएका छन् । दासले नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘प्रथम हिमालयन शमशेर स्मृति लेक्चर’लाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर स्व. हिमालय शमशेर जबराको स्मृतिमा राष्ट्र बैंकले पहिलो पटक उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा प्रमुख वक्ताको रूपमा रहेका दासले केन्द्रीय बैंकिङसम्बन्धी स्थापित मान्यतामा विगतदेखि २१औँ शताब्दीसम्म भएका परिवर्तन, पछिल्लो पाँच वर्षयता भारतीय अर्थतन्त्रमा भएको सुधारमा रिजर्व बैंकको भूमिकासँगै केन्द्रीय बैंकहरूले भोग्नुपरेका चुनौतीबारे धारणा राखेका थिए ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

उनले सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कट र कोभिडपछिको अर्थतन्त्रको पृष्ठभूमिमा केन्द्रीय बैंकद्वारा लिइएका नीतिगत व्यवस्थाबारे सङ्क्षिप्त चर्चा गर्दै समष्टिगत आर्थिक स्थायित्वका लागि मूल्य स्थायित्वसँगै वित्तीय स्थायित्व पनि प्राथमिकतामा पर्नुपर्ने आवश्यकता औँल्याए । मूल्य स्थायित्व हासिल गर्ने केन्द्रीय बैंकको प्रमुख उद्देश्यमा प्रतिकूल असर नपर्ने गरी मुलुकको आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्नेतर्फ समेत मौद्रिक नीति केन्द्रीत हुनुपर्ने धारणा गभर्नर दासले राखे । साथै, मुलुकको समग्र अर्थतन्त्र सुधारका लागि मौद्रिक तथा वित्त नीतिबीच प्रभावकारी समन्वय हुनुपर्नेमा उनले जोड दिए ।

वित्तीय सङ्कट र अर्थतन्त्रमा देखिएका पछिल्ला चुनौतीको सामना गर्नका लागि केन्द्रीय बैंकहरूसँग परम्परागत मौद्रिक उपकरणसँगै गैर–गैरपरम्परागत उपकरणहरू छनोटको विकल्प रहेको चर्चा उनले गरे । पछिल्लो समयमा वित्तीय स्थायित्व कायम गर्नका लागि समष्टिगत विवेकशील नियमनका उपायहरू अवलम्बन गर्नेतर्पm केन्द्रीय बैंकहरू अग्रसर देखिन थालेको धारणा गभर्नर दासले व्यक्त गरे । साथै, केन्द्रीय बैंक सञ्चारको महत्वबारे उल्लेख गर्दै गभर्नर दासले प्रभावकारी सञ्चार संयन्त्रले मौद्रिक नीतिप्रतिको अपेक्षालाई सम्बोधन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे।

सो अवसरमा उनले जलवायु परिवर्तन, भू–राजनीतिक तनाव, सूचना प्रविधिमा आधारित विकास, कृत्रिम बौद्धिकताको प्रयोगलगायतका विषयबाट सिर्जित चुनौतीबारे चर्चा गर्दै सोको सम्बोधनका लागि विभिन्न नीतिगत उपायसँगै नवप्रवर्तनमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।  

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वागत मन्तव्य राख्दै 'Himalaya Shumsher Memorial Lecture' कार्यक्रमको अवधारणामाथि प्रकाश पारे । पछिल्लो समय सूचना प्रविधि र  नवप्रवर्तनको विकाससँगै वित्तीय प्रणालीमा विश्वव्यापी रूपमै परिवर्तन देखिएको सन्दर्भ उल्लेख गर्दै उनले समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने कार्यमा केन्द्रीय बैंकको भूमिका थप महत्वपूर्ण बन्दै गएको धारणा राखे ।

अन्तर्राष्ट्रिय परिवेशमा देखिएका परिवर्तन र आधुनिकीकरणलाई आत्मसात् गर्दै आगामी दिनमा नेपाल राष्ट्र बैंकको भूमिकालाई समेत थप सबल बनाइने प्रतिबद्धता उनले व्यक्त गरे । कार्यक्रममा प्रथम गभर्नर स्व. जबराले मुलुकको आर्थिक, मौद्रिक, वित्तीय तथा सार्वजनिक व्यवस्थापनका क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान अर्पण गरिएको थियो ।

कार्यक्रममा बैंक सञ्चालक समितिका पदाधिकारी, नेपालका लागि भारतीय राजदूत, पूर्व गभर्नर, अर्थविद्, राष्ट्र बैंकका कार्यकारी निर्देशक,निर्देशक तथा अन्य कर्मचारी, बैंकर, पत्रकार,भारतीय रिजर्व बैंकका पदाधिकारीलगायतको उपस्थिति थियो ।  

यसैबीच नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारी र भारतीय रिजर्व बैंकका गभर्नर शक्तिकान्त दासबीच भेटवार्ता भएको छ । गभर्नरको कार्यालयमा आयोजित भेटवार्तामा नेपाल र भारतीबीच भुक्तानी प्रणालीसम्बन्धी अन्तरआबद्धता र हालसम्म भएका प्रगतिसँगै द्विपक्षीय हितका विषयमा छलफल भएको थियो ।

सो अवसरमा बैंकका तर्फबाट डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र श्री बमबहादुर मिश्र, गभर्नरको कार्यालयका कार्यकारी निर्देशक डा. नेफिल मातङ्गि मास्के, भुक्तानी प्रणाली विभागका कामु कार्यकारी निर्देशक विनोदराज आचार्य, विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक निश्चल अधिकारी, गभर्नरको कार्यालयका निर्देशक डा.डिल्लीराम पोख्रेललगायतको उपस्थिति थियो भने रिजर्व बैंकका तर्पmबाट भुक्तानी तथा सन्तुलन विभागका प्रमुख महाप्रबन्धक गुणवीर सिंहलगायतका अधिकारीहरू उपस्थित थिए ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.