शुक्रबार, माघ १८,२०८१ 07:39:44
IME remit
  • शुक्रबार, माघ १८,२०८१ 07:39:44
IME remit
Global IME Bank Limited

एनसेल फाउन्डेसन, साथी र जोन्टा क्लबद्वारा लैङ्गिक हिंसा अन्त्यका लागि ‘ओरेन्ज द स्कूल’अभियान

Hyundai Nepal
एनसेल फाउन्डेसन, साथी र जोन्टा क्लबद्वारा लैङ्गिक हिंसा अन्त्यका लागि ‘ओरेन्ज द स्कूल’अभियान
Nabil Bank Limited

काठमाण्डौ । एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लबअफ काठमाण्डौले लैङ्गिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडि बढाउन ‘ओरेन्ज द स्कूल’अभियान संचालन गरिहेका छन् । यो अभियान लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र ग्लोबल जोन्टा ‘सेज नो’ अभियानअन्तर्गत आयोजा गरिएको कार्यक्रमहरु मध्ये एक हो ।  

अभियानअन्तर्गत हालसम्म १० विद्यालयमा करिब १५ सय विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा सहभागी गराईसकिएको छ ।  

यस कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थी र शिक्षकहरूलाई लैङ्गिक हिंसा, बालविवाह, साइबर बुलिङ, साइबर सुरक्षातथा डेटा प्राइभेसी जस्ता जान्नै पर्ने विषयहरुमा जानकारी दिने र सुरक्षित तथा समान वातावरणको प्रवर्धन गर्न कदम चाल्नुको महत्वबारे सचेतना जगाउने रहेको छ ।

Bizshala
CG Motors
Sagarmatha Cement

जोन्टा क्लब अफ काठमाण्डौकी अध्यक्ष बिना रानाले भनिन्, ‘लैङ्गिक हिंसा विश्वव्यापी संकट हो, जसले आधारभूत मानव अधिकारको उल्लङ्घन गर्छ र लैङ्गिक समानतामा प्रगतिलाई रोक्छ । गरिबी, भेदभाव र जलवायु परिवर्तन जस्ता कारणहरूले महिला र केटीहरूलाई जोखिम बढाउँछन् । ‘ओरेन्ज द स्कूल’अभियानले विद्यालयमा यी मुद्दाहरूबारे चेतना जगाउने र सामूहिक प्रयासबाट सुरक्षित समुदाय निर्माण गर्न प्रेरणा दिने उद्देश्य राखेको छ । युवाहरूलाई सशक्त बनाउँदै मौनता तोड्न र हिंसामुक्त भविष्य निर्माण गर्न शिक्षित बनाउनु अत्यन्त महत्वपूर्ण छ ।’  

एनसलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले यसै कार्यक्रमको बारेमा आफ्नो धारणा व्यक्त गर्दै भनिन् ‘ओरेन्ज द स्कूल अभियानले लैङ्गिक हिंसाविरुद्धको अभियानको माध्यमबाट विद्यालय स्तरमै सचेतना र छलफलको महत्वलाई उजागर गर्न मद्दत पु¥याएको छ ।  युवा पुस्तामा सुरुवातमै सही जानकारी र समानताका मूल्यहरू स्थापित गर्न सकेमा हिंसामुक्त समाज निर्माण गर्न सकिन्छ । अहिलेको बदलिदो अवस्था र प्रविधिको पहुँचले गर्दा भल्नरेबल सेगमेन्टमा पर्न जाने नकारात्मक असरको न्यूनिकरणका लागि साइबर सुरक्षा र डेटा प्राइभेसी जस्ता अत्यन्त आवश्यक विषयलाई विद्यार्थीहरुमाझ लानका लागि यस अभियानको हिस्सा बन्न पाएकोमा हामी खुसी छौं र हामीलाई विश्वास छ हाम्रो सामूहिक प्रयासले दिगो प्रभाव पार्नेछ ।’  

Muktinath Bikas Bank Limited

यस अभियानको दौरान बालविवाह, साइबर सुरक्षा र घरेलु हिंसाबारे छलफल, भिडियो प्रदर्शन र अन्तरक्रियात्मक सत्रहरू विद्यालयहरूमा सञ्चालन भइरहेका छन् । यसले विद्यार्थी र शिक्षकहरूलाई यी विषयमा बुझाइ र वकालत गर्न सक्षम बनाउने प्रयास गरेको छ ।

जोन्टा क्लब अफ काठमाण्डौको महिला हिंसा विरुद्धको समितिकी अध्यक्ष श्रीयुक्ता थपलियाले भनिन्, ‘यो अभियानले जोन्टा क्लब काठमाण्डौ, साथी संस्था र एनसेल फाउन्डेसनको साझेदारीमा स्रोत र विशेषज्ञताको संयोजन गर्दै प्रभावलाई अधिकतम बनाउन सहयोग पुर्याएको छ । सहभागी विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरूप्रति उनीहरूको उत्साह र समर्थनका लागि हामी आभारी छौं । सामूहिक प्रयासले हामीले मौनता तोड्न, परिवर्तनलाई प्रेरित गर्न र महिला तथा बालबालिकाले सुरक्षित वातावरणमा जीवन बिताउन सक्ने भविष्य निर्माण गर्न मद्दत पुर्याउँछ ।’

२६ नोभेम्बर देखि १० डिसेम्बरसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत काठमाण्डौ उपत्यकाका सरकारी तथा निजी विद्यालयहरूमा जनसचेतनामुलक कार्यक्रमहरू सञ्चालन भईरहेका छन् ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.