काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा करिब ४६ अंकले घटेर बन्द भएको छ । योसँगै आज नेप्सेको चार्टमा बियरिस प्रकृतिको क्याण्डल बनेको छ । आज बजार घट्दा कारोबार पनि घटेको छ ।
बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजार मध्य ब्याण्डबाट तल खसेको छ । म्याक्डीमा पनि वियरिस क्रसओभर बनेको छ । आरएसआई पनि आज न्यूट्रल जोन ४६ को तहबाट तल खसेको छ । समग्रमा तिन वटै इन्डिकेटरबाट नियाल्दा बजारमा बिक्री दबाब रहेको देखिन्छ ।
पिभट् मार्फत नियाल्दा आज बजारले २६७५ विन्दुमा बलियो सपोर्ट लिएको छ । यदि बजारले आगामी कारोबार त्यहाँबाट पनि तल खसेमा क्रमश ः २६०५ र २५५० विन्दुमा सपोर्ट लिन सक्छ । त्यसैगरि, बढेमा २७३२,२८०३ र २९३१ विन्दुमा क्रमशः प्रतिरोध सामना गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।