मंगलवार, असार १७,२०८२ 04:40:05
  • मंगलवार, असार १७,२०८२ 04:40:05
Global IME Bank Limited

चीनको उपभोक्ता मुद्रास्फिीति ५ महिनाकै न्यून

Hyundai Nepal
चीनको उपभोक्ता मुद्रास्फिीति ५ महिनाकै न्यून
Nabil Bank Limited

काठमाण्डौ । चीनको उपभोक्ता मुद्रास्फिीतिदर ५ महिनाकै न्यून स्तरमा पुगेको छ । चीनको राष्ट्रिय तथ्यांक विभागले जारी गरेको आँकडाअनुसार नोभेम्बर महिनामा चीनको उपभोक्ता मूल्य सूचक गत वर्षको त्ुलनामा ०.२ प्रतिशतले बढेको छ ।  

नोभेम्बर महिना कायम भएको उपभोक्ता मुद्रास्फिीतिदर रोयसर्टले प्रक्षेपण गरेको ०.५ प्रतिशतको वृद्धिभन्दा कम हो ।  

खाद्यान्न र इन्धनको मूल्य समावेश नभएको मुख्य मुद्रास्फिीतिदर ०.३ प्रतिशत कायम भएको छ । जुन अक्टोबर महिनामा ०.२ प्रतिशत कायम थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

एक वर्षको अवधिमा पोर्क र ताजा तरकारीको मूल्य क्रमशः १३.७ र १० प्रतिशतले बढेको छ ।  

यस्तै चीनको उत्पादक मूल्य सूचक अर्थात होलसेल मुद्रास्फिीतिदर २६ औं महिना लगातार घटेको छ । उत्पादक मुद्र्रास्फिीति नोभेम्बर महिनामा २.५ प्रतिशतले घटेको छ । जुन रोयसर्टले अपेक्षा गरेको २.८ प्रतिशतभन्दा कम हो ।  

इन्धन र उर्जाको मूल्य ६.५ प्रतिशतले घट्दा रसायनिक पदार्थको मूल्य ५ प्रतिशतले घटेको छ ।  

अक्टोबर महिनामा चीनको खुद्रा बिक्रीमा बलियो वृद्धि देखिएको छ । यो महिनाको खुद्रा बिक्रीले रोयटर्सले गरेको प्रक्षेपणलाई उछिनेको छ ।  

सन् २०२५ का लागि आर्थिक लक्ष्य तय गर्न तथा सुधारका उपायहरु अबलम्बन गर्न चीनका शीर्ष नेताहरु आगामी बुधबार केन्द्रीय आर्थिक सम्मेलनमा भाग लिदैछन् ।  

गत सोमबार फिच रेटिङले सन् २०२५ का लागि चीनको जीडीपी वृद्धिदरलाई पुनरावलोकन गर्दै ४.३ प्रतिशतबाट बढाएर ४.५ प्रतिशत कायम गरेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.