शनिबार, श्रावण ३०,२०८३ 08:12:20
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:12:20
Bizshala
Global IME Bank Limited

२६६० को विन्दुमा सपोर्ट लिएको बजारको अबको सम्भावना कस्तो ?

Prabhu Bank Limited
२६६० को विन्दुमा सपोर्ट लिएको बजारको अबको सम्भावना कस्तो ?
New Office

काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको सेयर बजार अन्त्यमा करिब १२ अंकले घटेर बन्द भएको छ । आज बजार घट्दा कारोबार पनि घटेको छ । यसले बजारमा घटेर सेयर बेच्न नचाहेको भन्ने बुझिन्छ ।  

पछिल्लोेपटकको बजारलाई सपोर्ट एण्ड रेसिस्टेन्सबाट नियाल्दा २६६० देखि २७८० विन्दुबीचमा चलेको देखिन्छ । अर्थात बजारले अपर ट्रेन्डलाई ब्रेक गरेर माथि जान पनि सकेको देखिदैन भने लोअर ट्रेन्डलाई ब्रेक डाउन गरेता पनि यस अघिको  २६६० विन्दुमा सपोर्ट लिएको देखिन्छ ।  

CG Motors

आजको बजारलाई नियाल्दा यो विन्दुमा सपोर्ट लिएर बजारले माथिको यात्रा तय गरेको देखिन्छ । अर्थात आज यो विन्दुमा आवरली बेसमा ट्वीजर बटम बनाएको देखिन्छ । अघिल्लोपटक सपोर्ट लिएको बजारले यो विन्दुमा आज पनि बलियो सपोर्ट लिएको छ । एक घण्टाको समय अवधिबाट नियाल्दा मनी फ्लो इन्डेक्स र आरएसआई पनि ओभर सोल्ड जोनमा पुगेको देखिन्छ । यसकारण सम्भावित रुपमा बजारमा अल्पकालिन रुपमा बाउन्स लिन सकिन्छ ।  

त्यसैगरि, फिवोनासी सिरिजअन्तगर्त पाँचौ दिनमा बजारले बढोत्तरी लिन पनि सक्छ । यसरी आएको बढोत्तरीमा बजारले २७०० विन्दुमाथि भोल्युमसहित टिकेको खण्डमा अप ट्रेन्डको सम्भावना रहन्छ । तर २६६० विन्दुबाट तल खसेको खण्डमा भने बजारले अझै केही अंक गुमाउन पनि सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.