काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेडको ३८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको उक्त सभा आज काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजेदेखि सुरु भएको थियो ।
उक्त सभाबाट बैंकको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित लाभांश पारित भएको छ । जसमा ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल २५.५० प्रतिशत लाभांश रहेको छ ।
यस्तै, बैंकको अधिकृत पूँजी,जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्न बैंकको प्रबन्धपत्र संशोधन गर्ने र यसमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित भएको छ ।
सभाबाट आर्थिक् वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित हुनुका साथै गत आवको नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण र वासलात पारित र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित भएको छ ।