शनिबार, असार २०,२०८३ 09:13:06
Bizshala
  • शनिबार, असार २०,२०८३ 09:13:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यामाहाद्वारा काठमाण्डौमा ‘रिजनल सेल्स स्किल्स’ प्रतियोगिताको आयोजना

Laxmi Sunrise Bank Limited
यामाहाद्वारा काठमाण्डौमा ‘रिजनल सेल्स स्किल्स’ प्रतियोगिताको आयोजना

काठमाण्डौ । यामाहा नेपालले काठमाण्डौमा आफ्नो ‘रिजनल सेल्स स्किल्स कन्टेस्ट’ आयोजना गरेको छ। बिक्री विशेषज्ञता र उत्पादन ज्ञानमा उत्कृष्टताको उत्सव मनाउने क्रममा काठमाण्डौमा हिजो आयोजित प्रतिष्पर्धामा यामाहाका विभिन्न डिलरशिपहरूबाट ११ जना शीर्ष प्रदर्शन गर्ने बिक्री परामर्शदाताहरूको सहभागिता रहेको थियो।

प्रतियोगिताको लागि योग्य हुन सहभागीहरूले अटो बेसिक, प्रोडक्ट र सलेस प्रोसेस प्रशिक्षण र त्यसपछि यी क्षेत्रहरूमा उनीहरूको दक्षता मूल्याङ्कन गर्ने प्रतिस्पर्धात्मक परीक्षण पूरा गरेका थिए। सबैभन्दा कुशल प्रतिनिधिहरूले मात्र भाग लिने सुनिश्चितताका लागि प्रत्येक डिलरशिपबाट उच्चतम स्कोर गर्ने बिक्री सल्लाहकारले मात्र यस प्रतिष्ठित प्रतियोगितामा स्थान पाएका थिए।

शीर्ष तीन प्रदर्शन गर्ने प्रतिष्पर्धीहरूको घोषणासँगै प्रतियोगिता समापन गरिएको थियो । जसमा विजेता बिकाश रंजितकार (द व्हील्स प्रालि सल्लाहघारी) पहिलो रनर–अपः कुश्मा  देवकोटा (एमएडब्लू प्रालि, बल्खु), दोस्रो रनर–अप सुमित महर्जन, (गोर्खा  मनकामना अटो इन्टरप्राइज) भएका थिए ।  

New Office
CG Motors
Garima Development Bank

प्रतियोगितामा काठमाण्डौका यामाहा डिलरसिप र शोरुमहरुको उत्साहजनक सहभागिता रहेको थियो। सबै प्रतियोगीहरूले आफ्नो ज्ञान र सीप प्रदर्शन गर्दै शीर्ष उपाधिको लागि प्रयास गरेका थिए। सहभागीहरू मध्ये बिजेताहरूले अब नेसनल सेल्स स्किल्स कन्टेस्टमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

यस अवसरमा यामाहा नेपालका कार्यकारी निर्देशक र प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले बिजेता, पहिलो रनर–अपर दोस्रो रनर–अपलाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए। आफ्नो बधाई टिप्पणीमा उनले सहभागीहरूलाई उनीहरूको समर्पण र कडा परिश्रमको प्रशंसा गर्दै भने, ‘यामाहा सधैं आफ्नो टिमका सदस्यहरूलाई उत्कृष्ट हुन आवश्यक पर्ने सीप र ज्ञानले उनीहरूलाई सशक्त बनाउनमा विश्वास गर्दछ। यस प्रतियोगिताले सहभागीहरूको विशेषज्ञता बढ्ने मात्र नभई निरन्तर सिक्ने र उत्कृष्टताको संस्कृतिलाई बढावा मिल्ने मैले विश्वास लिएको छु।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सबै सहभागीहरूले आ(आफ्नो प्रयास र ब्रान्डको मूल्यहरूप्रतिको प्रतिबद्धताको मान्यता स्वरूप प्रशंसाको प्रतीकको रूपमा सहभागिताको प्रमाणपत्र प्राप्त गरेका थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.