काठमाण्डौ । नेप्सेमा आजसम्म लगातार ५ दिन गिरावट आएको छ । योसँगै पछिल्लो पाँच कारोबारमा बजार १०६ अंकले घटेको छ । यसरी बजार घट्दै जाँदा बजारमा घट्ने क्रम भने रोकिएको छ ।
बजारलाई बोलिङ्गर ब्याण्डमार्फत नियाल्दा तल्लो ब्याण्डमा आज इन्भर्टेड ह्याम्मर बनेको छ । यसले घट्दो बजार बिस्तारै सम्हालिन खोजेको देखिन्छ । त्यसैगरि, बजारले लगातार २ दिन नै २६६० विन्दुमा सपोर्ट लिएको देखिन्छ । बजारलाई कारोबारमार्फत नियाल्दा आज बजार घट्दा कारोबार पनि एक महिना पछिकै न्यून अर्थात ड्राई अप बनेको छ । यसले बजारमा क्रमशः बिक्रीकर्ता हराँउदै गरेको संकेत गरेको छ ।
यस अघि कार्तिक २० गते पनि करिब ४ अर्ब कारोबार भएपछि बजारले माथिको यात्रा तय गरेको थियो । आज करिब २६७० विन्दुमा बन्द भएको बजारले यदि आगामी दिनमा २७ सय विन्दुभन्दा माथि भोल्युमसहित बन्द भएको खण्डमा बजारले पुनःअप ट्रेन्ड लिन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।