काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले गत आव २०८०/८१ का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।
बैंकले एक सूचना जारी गर्दै गत असोज ३० गते सम्पन्न १८ औं वार्षिक साधारणसभाबाट पारित ७ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको जनाएको छ ।
बैंकले उक्त बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र सीडीएस एण्ड क्लियरीङमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भएको जनाएको छ ।
बैंकले असोज १४ गतेसम्म कारोबार भई लिखतमा सेयरधनी कायम भएको सेयरधनीहरुको डिम्याट खातामा उक्त बोनस सेयर जम्मा गरेको जनाएको छ । सो मितिपश्चात अभौतिकीकरण गराएकाको हकमा भने क्रमशः जम्मा गरिने बैंकले उल्लेख गरेको छ ।