काठमाण्डौ । शोधानान्तर स्थिति २ खर्ब रुपैयाँ भन्दा बढी बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको चार महिनाको तथ्याङ्कअनुसार शोधानान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा रहेको हो ।
गत वर्षको सोही अवधिसम्म शोधानान्तर स्थिति १ खर्ब ५० अर्ब २४ करोड रुपैयाँले बचतमा रहेको थियो ।
समीक्षा अवधिमा चालु खाता १ खर्ब ४३ अर्ब ४२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ९७ अर्ब १० करोड रुपैयाँले बचतमा रहेको थियो ।
त्यस्तै, समिक्षा अवधिसमा खुद पुँजीगत ट्रान्सफर २ खर्ब ४७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो ।
यसैगरी, समीक्षा अवधिमा ५ अर्ब ७६ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक ९ईक्विटि मात्र० लगानी आप्रवाह ३ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो ।