बुधबार, भाद्र १८,२०८२ 06:12:28
  • बुधबार, भाद्र १८,२०८२ 06:12:28
Global IME Bank Limited

ग्राउण्ड जिरो: ठूला व्यापारीमाथि धरपकड हुँदा नेप्सेमा धक्का, विष्णु पौडेल सेयर बजारका ‘सदाबहार ब्राण्ड’

Hyundai Nepal
ग्राउण्ड जिरो: ठूला व्यापारीमाथि धरपकड हुँदा नेप्सेमा धक्का, विष्णु पौडेल सेयर बजारका ‘सदाबहार ब्राण्ड’
Shivam Cement

काठमाण्डौ । सधैं झैं यो साताको पहिलो कारोबार दिन पनि हामीले विभिन्न ब्रोकरहाउस पुगेर लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यो साता हामी त्रिपूरेश्वर, सुन्धारा र न्यूरोडका ब्रोकरहाउसमा पुग्यौं ।  

सबैभन्दा पहिले ११ नबज्दै त्रिपूरेश्वरस्थित इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल कम्पनी(स्टक ब्रोकर नम्बर ५३)मा  पुग्यौं ।

बिहान हामी यहाँ पुग्दा बजार घट्न सुरु भइसकेको थियो । यहाँ लगानीकर्ताको उपस्थिति समान्य नै थियो । यसैबीच त्यहाँ उपस्थित एक लगानीकर्ताले बजार खासै घट्नुपर्ने कारण नरहेको बताए । उनले बजार घट्नुपर्ने त होइन, तर अघिल्लो साता अरुण चौधरी र मीनबहादूर गुरुङ जस्ता व्यक्ति पक्राउ पर्नुले लगानीकर्ता डराएका बताए । उनले भने–‘अरुण चौधरी पक्राउ परेपछि त बजार नै धरमरायो। मीनबहादूर गुरुङले पनि मुद्दा हारे । यो बजार भनेको सेन्टिमेन्टले चल्ने बजार हो । ठूला मानिस तर्साएपछि सेयर बजार कसरी बढ्छ ?’ 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

मध्यान्हको १२ बज्दै थियो, बजार एकोहोरो घट्दै थियो ।

हामी त्यसपछि सुन्धारास्थित सुन्धारा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५२) मा पुग्यौं । यहाँ भने लगानीकर्ताको उपस्थिति राम्रै थियो । उपस्थित एक लगानीकर्ताले भने-'अहिले बजारमा सबैजना ग्रूप मिलेर किनबेच हुन थाल्यो । हामी भने हेरेको हेर्यै भयौं ।'  

त्यही उपस्थित अर्का एक लगानीकर्ताले व्यङ्ग्यात्मक शैलमिा भने, ‘बजारमा तत्कालै केही होला जस्तो छैन । हामी त बेच्न आएको, यो मूल्यमा के बेच्ने ? जाउँ बरु न्युरोड तर्फ । उनले थप्दै भने, ‘ए’ गाँउले त्यो अपी हाइड्रो कस्तो छ ? उनलाई जवाफ दिंदै अर्का लगानीकर्ता बोले, ‘अहिले घटेको छ गाउँले ।’ 

उनले फेरि भने-'तपाइँले रातो ज्याकेट लगाएर बजार घटेको हो !' उनले हाँस्दै भने-'मेरो त श्रीमतिले घरमा रातो लगाउदिनन् त्यसैले रातो लगाएको ।’ उनीसँगै बसेका अर्को लगानीकर्ताले थपे-'अब बजामा रातो कपडा लगाएर, रातो साधन चढेर आउन भएन है !'  

बजार घटेको घट्यै थियो । त्यहीँ बसेका अर्का एक लगानीकर्ताले भने-'अब बजार अर्थमन्त्रीको रुपमा विष्णु पौडेल नआएसम्म नबढ्ने देखियो । सेयर बजारमा विष्णु पौडेल सदाबाहर ब्राण्ड नै हुन् । एमालेका धेरै नेताहरुले सेयर बेचेर विस्तारामूनि पैसा राखेका छन् रे । अब पौडेल नआएसम्म बजार धेरै माथि नजाने देखियो ।'  

बजार भने घटेको घट्यै थियो । केही लगानीकर्ता ब्रोकरहाउसबाट निस्केर हिँडे । केही भने ब्रोकरहाउसमा यस्तै गल्फत्ती गर्दै बसिरहेका थिए ।  

केही समयको बसाइँपछि हामी न्यूरोडको भेढासिं चोकस्थित एबीसी सेक्युरिटिज(स्टक ब्रोकर नम्बर १७ मा पूग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो । लगानीकर्ताहरु चियाको चुस्कीसँगै गफमा मस्त थिए । यत्तिकैमा एक लगानीकर्ताले भने-'अघिल्लो साता एकसय रुपैयाँ घट्यो भनेर किनेको सेयर त फेरि पनि एकसय नै घट्यो ।'  

उनीसँगै बसेका अर्का लगानीकर्ताले भने-'अहिले त न्यूरोडमा ब्यापार पनि चौपट भएको छ । मन्दीले चौपट भएको ब्यापारमा फेरी बालेनले मोटरसाइकल प्रतिबन्ध गरे । मेरो त ब्यापार नै चौपट भएको छ । ब्यापार नै नभएपछि कुन पैसाले सेयर किन्नु ?'  ती लगानीकर्ताले थप्दै भने-'शहरमा शटर खाली हुँदै गएका छन् । अन्यत्र कमाएर यहाँ लगानी गर्ने अवस्था नै छैन । ठूला ब्यापारीलाई धरपकड छ । अनि कसरी बढ्छ सेयर बजार ?'

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.