काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले सेयरधनीलाई कुनैपनि प्रकारको लाभांश नदिने भएको छ । बैंकको मंसिर २७ गते बिहिबारका दिन दिउँसो ३ बजे देखि ५ बजे सम्म बसेको सञ्चालक समितिको ५०३ औं बैठकले गत आवका लागि लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।
बैठकले बैंकको आव २०८०/८१ को लेखापरीक्षण गरिएको वित्तिय अवस्थाको विवरण (वासलात), सोही मिति सम्मको नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन र लेखा सम्बन्धी टिप्पणीहरु सहितको वित्तिय विवरणहरु स्वीकृत गर्ने र उक्त वित्तिय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात वार्षिक साधारणसभाबाट पारित गर्नेगरी आवश्यक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ।