शनिबार, असार १४,२०८२ 07:14:14
  • शनिबार, असार १४,२०८२ 07:14:14
Global IME Bank Limited

विन नेपाल लघुवित्तको साधारण सभा पुसमा, यस्ता छन् मुख्य प्रस्ताव

Hyundai Nepal
विन नेपाल लघुवित्तको साधारण सभा पुसमा, यस्ता छन् मुख्य प्रस्ताव
Nabil Bank Limited

काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले १० औं वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा पुस १९ गते सिन्धुपाल्चोकमा रहेको होटल मेलम्ची क्याफे इनमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सभामा एक वा एकभन्दा बढी उपयुक्त लघुवित्तलाई गाभ्ने÷गाभिने तथा समाहित गर्ने प्रयोजनका लागि उपयुक्त लघुवित्त पहिचान गर्ने। समझदारीपत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात तथा आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।    

साधारण सभा प्रयोजनका लागि संंस्थाले पुस ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.