नेपाल बैंकले फेरि निकाल्यो भोटेकोसी हेली रिसोर्टको लिलामी सूचना, ३५ रोपनी जग्गासहित सम्पत्ति बिक्रीमा
काठमाण्डौ । नेपाल बैंकले ऋण असुलीका लागि सिन्धुपाल्चोकस्थित भोटेकोसी हेली रिसोर्ट एन्ड स्पा लिमिटेडको धितो सम्पत्ति पुनः लिलामीमा राखेको छ।पटक–पटक ताकेता गर्दा पनि ऋण चुक्ता नभएपछि बैंकले तेस्रो पटक सार्वजनिक सूचना जारी गर्दै बिक्री प्रक्रिया अघि बढाएको हो।

