सोमबार, श्रावण १८,२०८३ 03:34:39
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:34:39
Bizshala
Global IME Bank Limited

अब ह्वाट्सएप र कलमा उपलब्ध हुनेछ च्याटजीपीटी, यसरी गर्न सकिन्छ प्रयोग

अब ह्वाट्सएप र कलमा उपलब्ध हुनेछ च्याटजीपीटी, यसरी गर्न सकिन्छ प्रयोग
New Office

काठमाण्डौ । ओपन एआईले आफ्नो च्याटबट, ‘च्याटजीपीटी’लाई विस्तार गरेको छ ।  हालसम्म च्याटबटलाई प्रयोग गर्न एप डाउनलोड गर्नुपर्ने वा वेब भर्जनको प्रयोग गर्नुपर्ने अवस्था रहेकोमा अब भने प्रयोगकर्ताहरुले ह्वाट्सएप वा कलमा एक्सेस गर्न सक्नेछन् ।  

यसका लागि प्रयोगकर्ताले केवल एउटा नम्बर मात्रै डाइल गर्नु पर्नेछ वा त्यो नम्बरमा ह्वाट्सएप गर्नुपर्नेछ । कम्पनीले अमेरिकी प्रयोगकर्ताहरुले च्याटजीपीटीको पहुँच फ्रि एक्सेस कलमा पाइने जनाएको छ । तर यो एक्सेस केवल १५ मिनेटका लागि मात्रै हुनेछ ।  

त्यस्तै ह्वाट्सएपमा च्याटजीपीटी प्रत्येक त्यो ठाउँमा उपलब्ध हुनेछ ,जहा च्याटजीपीटीको सेवा पहिलेदेखि नै उपलब्ध छ । कम्पनीले यो नयाँ तरिकाबाट च्याटजीपीटीलाई सजिलो माध्यमबाट ग्राहकहरुमाझ पुर्याउन चाहेको जनाएको छ । द भर्जको रिपोर्टका अनुसार ओपन एआईका चिफ प्रोडक्ट अफिसर केभिन वेलले यो नयाँ फिचरलाई केहि साताभित्रै विकास गरिने बताए ।  

फोन लाइनमा च्याटजीपीटीलाई एक्सेस गर्नका लागि ओपन एआईको रियल टाइम एपीआई प्रयोग गरएको छ । त्यस्तै ह्वाट्सएपमा जीपीटी फोरओ मिनि रहेको छ । जसलाई एपीआईको माध्यमबाट जोडिएको छ । तर कम्पनीले एड्भान्स फिचर,धेरै युज लिमिट र पर्सनलाइज अनुभव चाहन्छन्, उनीहरुले आफ्नो ट्रेडिशनल च्याटजीपीटी अकाउन्ट प्रयोग गर्न सक्छन् ।  

ह्वाट्सएपमा कसरी प्रयोग गर्न सकिन्छ च्याटजीपीटी ?

अमेरिकी प्रयोगकर्ताले १–८००–च्याटजीपीटी मा कल गरेर यो च्याटबटमा एक्सेस गर्न सक्छन् । अर्थात प्रयोगकर्ताले १–८००–२४२–८४७८ मा कल गर्नुपर्नेछ । त्यस्तै ह्वाट्सएपमा यसको प्रयोगका लागि १–८००–२४२–८४७८ मा म्यासेज गर्नुपर्नेछ ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.