शुक्रबार, आश्विन ३१,२०८२ 02:05:08
IME remit
  • शुक्रबार, आश्विन ३१,२०८२ 02:05:08
IME remit
Global IME Bank Limited

यी हुन् सन् २०२५ मा आउने लक्जरी रेल, पेरिसदेखि बर्लिन ८ घण्टामै

Hyundai Nepal
यी हुन् सन् २०२५ मा आउने लक्जरी रेल, पेरिसदेखि बर्लिन ८ घण्टामै
Shivam Cement

काठमाण्डौं । यतिबेला विश्वभर फाइभ स्टार सेवा सुविधा भएका लक्जरी ल्याण्ड क्रुज रेलको निकै माग बढेको छ । यस्तोमा सन् २०२५ मा विश्वभरका विभिन्न देशमा सुविधा सम्पन्न र तीव्र गतिका रेल आउँदैछन् ।  

यस्ता रेलहरु इटली, फ्रान्स, साउदी अरेबिया र बेलायत जस्ता देशमा पहिलोपटक देखिन पाइने भएको छ ।  

पेरिस देखि बर्लिन ८ घण्टामा  

युरोपका सबैभन्दा ठूला दुई राजधानी पेरिस र बर्लिन सन् २०२५ मा तीव्र गतिको रेलमार्फत जोडिदै छन् । जर्मनीको डेउस्चे बहामले गत डिसेम्बर १६ देखि पेरिस र बर्लिनबीच इन्टरसिटी एक्सप्रेसको सुरुवात गरेको छ । कम्पनीले सन् २०२६ मा यी शहरहरुबीच दोस्रो रुट समेत सञ्चालन गर्ने तयारी गरेको छ । कम्पनीले ३२२ किलोमिटर प्रतिघण्टा रफ्तार भएको आईसीई३ नियो ट्रेनमार्फत सेवा दिनेछ । यसमार्फत केवल ८ घण्टाको समयमा दुई सहरबीचको दुरी पार गर्न सकिनेछ ।  

यो यात्राको भाडादर भने प्रतियात्रु ६० डलरबाट सुरु हुनेछ । यस्तै प्रत्येक रेलको यात्रु क्षमता ४४४ जना रहनेछ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

इटली

इटलीको सुपर डिलक्स ओरियन्ट एक्सप्रेस– ला डोल्से भिटाले आफ्नो रेल सेवा सन् २०२५ अप्रिलदेखि सुरु गर्नेछ । एक्कोर होटल ग्रुपले निर्माण गरेको यो रेल इटलीको परम्परागत सभ्यता झल्काउने खालको हुनेछ । यसका साथै यसमा लाइभ म्युजिकम,गेम, १२ वटा डिलक्स क्याबिन, १८ वटा डबल बेड र निजी शौचालए भएको सुईट रुम सहित स्टाइलिस बार, लाइभ म्युजिक र गेमको सुविधा हुनेछ ।  

यसका साथै यात्रुले रेलमा फाइभ स्टार होलको सेवा र वाइन समेत पाउनेछन् । पेरिस स्तानबुल, क्रोयसिया जस्ता रुटमा चल्ने यो रेलको टिकट २ ह जार डलर निर्धारण गरिएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

ब्रसेल–भेनिस  

सन् २०२३ देखि सेवा सुरु गरेको युरोपियन स्लिपर कम्पनीले ब्रसेल–बर्लिन–पाराग्वे रात्रिकालिन रेल सेवा दिईरहेको छ । कम्पनीले सन् २०२५ मा नयाँ रुटमा समेत सेवा दिने तयारी गरिहरको छ ।  

एमत्राक देखि ओरलियन्स

२० वर्षको अन्तरालपछि अमेरिकी कम्पनी एमत्राकले फेरि सेवा सुरु गर्ने तयारी गरेको छ । सन् २००५ मा आधिहुरीले सामुन्द्रिक ट्रयाकमा क्षति पुर्याएपछि कम्पनीको रेल सेवा बन्द भएको थियो ।  

कम्पनीले जनसंख्या वृद्धि भईरहेको ठाउँ र पर्यटकीय स्थलमा रेल सेवा विस्तारको योजना बनाएको छ ।  

साउदी अरेबिया

साउदी अरेबियाले सन् २०२५ मा मरभुमीमा लक्जरी रेल सेवा सुरु गर्ने तयारी गरेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.