सोमबार, चैत्र २५,२०८१ 16:14:51
IME remit
  • सोमबार, चैत्र २५,२०८१ 09:59:51
IME remit
Global IME Bank Limited

भियतनामसँग अमेरिकाको व्यापार घाटा ११० अर्ब डलर नाघ्यो

Hyundai Nepal
भियतनामसँग अमेरिकाको व्यापार घाटा ११० अर्ब डलर नाघ्यो
Nabil Bank Limited

काठमाण्डौ । भियतनामसँग अमेरिकाको वैदेशिक व्यापार घाटा ११० अर्ब डलर नाघेको छ । अमेरिकाको तथ्यांक विभागले हालै सार्वजनिक गरेको आँकडाअनुसार सन् २०१४ को ११ महिनामा भियतनामसँगको व्यापार घाटा ११० अर्ब डलर नाघेको देखिएको हो ।  

अमेरिकी डलरको तुलनामा भियतनामको मुद्रामा आएको करेर्डतोड गिरावटका बाबजुत अमेरिकामा भियतनामको व्यापारमा उछाल आएको छ । भियतनामसँगको व्यापार घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो । आँकडाअनुसार भियतनाम अमेरिकासँग व्यापार बचतमा रहेको तेस्रो ठूलो देश हो । अमेरिकासँग बचतको व्यापार गर्नेमा भियतनामभन्दा अघि चीन,युरोपेली युनियन र मेक्सिको रहेका छन् ।  

Shivam Cement
Bizshala
CG Motors

यी देशहरुसँग अमेरिकाको बढ्दो व्यापर घाटाले जोखिम निम्त्याएको विश्लेषकहरुले बताएका छन् । यसका साथै यसले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयातमा २० प्रतिशत भन्सार शुल्क लगाउने सम्भावना बढाएको छ ।  

भियतनामका लागि अमेरिका सबैभन्दा ठूलो बजारको रुपमा रहदै आएको छ । भियतनाममा एप्पल,गूगल,नाइकी र एन्टेल जस्ता निर्यातमुखि बहुराष्ट्रिय कम्पनीहरु सञ्चालनमा रहेका छन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पछिल्लो समय भियतनामको मुद्रा डोङ डलरको तुलनामा कमजोर बनेको छ । कमजोर बनेको मुद्रालाई बलियो बनाउन भियतनामको केन्द्रीय बैंकले हस्तक्षेप गर्न सक्ने जनाएको छ । केन्द्रीय बैंकले विगतमा पनि देशको मुद्रालाई बलियो बनाउन डलर बिक्री गर्ने गरेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.