सोमबार, असार २,२०८२ 10:43:03
  • सोमबार, असार २,२०८२ 10:43:03
Global IME Bank Limited

सामुदायिक र बिपिडब्लु लघुवित्तले प्राप्त गरे मर्जरका लागि अन्तिम स्वीकृती

Hyundai Nepal
सामुदायिक र बिपिडब्लु लघुवित्तले प्राप्त गरे मर्जरका लागि अन्तिम स्वीकृती
Nabil Bank Limited

काठमाण्डौ । सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले मर्जरका लागि स्वीकृती प्राप्त गरेका छन् । यी दुवै लघुवित्तले मर्जर प्रक्रियाका लागि नेपाल धितोपत्र बोर्डले फागुन ९ गते अन्तिम स्वीकृती प्राप्त गरेका हुन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

दुई संस्थाले गत माघ २४ गते मर्जरको अन्तिम स्वीकृतीका लागि धितोपत्र बोर्डसमक्ष संयुक्त आवेदन दिएका थिए । 

धितोपत्र बोर्डले एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका २०७९ को दफा ८ को उपदफा ४ बमोजिम अन्तिम स्वीकृती प्रदान गरिएको जनाएको छ । 

यस्तै सामुदायिक लघुवित्तमा बिपिडब्लु लघुवित्त गाभ्नका लागि कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन ८ गते स्वीकृती प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकले भने गत माघ १० गते मर्जरका लागि स्वीकृती दिएको थियो ।     

सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको गत असोज ३० गते बसेको विशेष साधारण सभाबाट १ः०.८५३५ अनुपातको स्वाप रेसियामा मर्जरमा जाने  प्रस्ताव पारित भएको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.