मंगलवार, आश्विन १३,२०८३ 10:29:34
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 10:29:34
Bizshala
Global IME Bank Limited

सन् २०२५ को लागि ‘पासपोर्ट इन्डेक्स’ सार्वजनिक, कति स्थानमा पर्यो नेपाल ?

Bizshala
सन् २०२५ को लागि ‘पासपोर्ट इन्डेक्स’ सार्वजनिक, कति स्थानमा पर्यो नेपाल ?
New Office

काठमाण्डौं । सन् २०२५ का लागि हेन्लि पासपोर्ट इन्डेक्स सार्वजनिक भएको छ । हेन्लि पासपोर्ट इन्डेक्सले भिजा फ्रि देशहरुको आधारमा पासपोर्टहरुको र्याकिङ गर्ने गर्छ । यस आधारमा पहिलो स्थानमा सिंगापुरको पासपोर्ट परेको छ । यो देशको पासपोर्ट बोक्नेले बिना भिजा १९५ देश यात्रा गर्न पाउने छन् ।  

त्यसैगरि, दोस्रो स्थानमा जापानको पासपोर्ट रहेको छ । जापानको पार्सपोर्ट भएकाले १९३ देश बिना भिजा यात्रा गर्न सक्छन् । तेस्रो  स्थानमा फिन्ल्याण्ड , चौथौमा फ्रान्स , जमर्नी इटाली दक्षिण कोरिया र स्पेन परेका छन् । यी देशको पासपोर्ट बोक्नेले १९२ देश मा भिजा फ्रि यात्रा गर्न पाउने छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

चौंथो नम्बरमा अष्ट्रिया, डेनमार्क, आयरल्याण्ड लक्जम्बर , नेदरल्याण्ड , नर्वे र स्वीडेन पर्ने गर्छन । यो देशको पासपोर्ट बोक्नेले १९१ देश भिजा फ्रि यात्रा गर्न सक्ने छन् ।

पाँचौ स्थानमा बेल्जियम , न्यूजिल्याण्ड , पोर्चुगल , स्वीजरल्याण्ड र युनाइटेड् किङडम परेका छन् । यो देशका पासपोर्टबाहाकले १९० देश भिजा फ्रि यात्रा गर्न पाउने छन् ।  

छैटौ स्थानमा अष्ट्रेलिया र ग्रिस रहेका  छन् । यो देशका पासपोर्ट बाहकले १८९ देश  भिजाबिना यात्रा गर्न सक्ने छन् ।

सातौं स्थानमा क्यानाडा , माल्टा  पोल्याण्ड परेका छन् । यो देशका नागरिकहरुले १८८ देश बिना भिजा यात्रा गर्न सक्ने छन् ।  

आठौं स्थानमा चेचिया र हङग्री परेका छन् । यो देशका नागरिकले १८७ देश बिना भिजा यात्रा गर्न सक्ने छन् ।  

नवौं स्थानमा एक्सटोनिया र युनाइटेड स्टेट रहेका छन् । यो देशका नागरिकले १८६ देश बिना भिजा यात्रा गर्न सक्ने छन् ।  

दशौं स्थानमा लाट्भिया , लिथुनिया , स्लोभनिया र युनाइटेड अरब इमिरेट परेका छन् । यो देशका नागरिकले १८५ देश बिना भिजा यात्रा गर्न सक्ने छन् ।  

यस आधारमा नेपालको  पासपोर्ट १०१ स्थानमा परेको छ । नेपाको पासपोर्ट बाहकले ३९ वटा देश बिना भिजा यात्रा गर्न सक्ने छन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.