सोमबार, चैत्र ३,२०८१ 01:57:46
IME remit
  • सोमबार, चैत्र ३,२०८१ 01:57:46
IME remit
Global IME Bank Limited

प्रभु बैंकको नाफा ८५.४९% ले बढ्यो, ब्याज आम्दानी र ईपीएस कति ?

Hyundai Nepal
प्रभु बैंकको नाफा ८५.४९% ले बढ्यो, ब्याज आम्दानी र ईपीएस कति ?
Nabil Bank Limited

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको नाफा र खुद ब्याज आम्दानी दुवै बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा र आम्दानी दुवै बढेको देखिएको हो ।  

बैंकले चालु आवको दोस्रो त्रैमाससम्ममा १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८५.४९ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा बैंकले ७२ करोड ३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

बैंकले नाफाका साथै खुद ब्याज आम्दानी समेत बढाएको छ । बैंकले समीक्षा अवधिसम्ममा ४ अर्ब ८६ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको ४ अर्ब ७६ करोड रुपैयाँको तुलनामा २.१२ प्रतिशतले बढी हो । यस्तै बैंकले खुद शुल्क तथा कमिशन आम्दानीबापत ५ अर्ब ९९ करोड रुपैयाँबराबरको आम्दानी गरेको छ । बैंकको खुद सञ्चालन आम्दानी पनि २३.३९ प्रतिशतले बढेर ५ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।  

२३ अर्ब ५४ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ ३  अर्ब ३३ करोड रुपैयाँले ऋणात्मक रहेको छ । बैंकको रिजर्भको आकार १४.४६ प्रतिशतले बढेर १३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।  बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३३ करोड रुपैयाँले ऋणात्मक रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

बैंकको खराब कर्जा अनुपात ४.९० प्रतिशतबाट बढेर ५.०६ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी ११.३५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४४.७९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १९.३६ गुणा र तरलता अनुपात ३३.५१ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.