मंगलवार, कार्तिक ३,२०८३ 05:33:36
  • मंगलवार, कार्तिक ३,२०८३ 05:33:36
Global IME Bank Limited

एसएमई प्लेटफर्म पनि नेप्से ३० जस्तै बन्दै, तत्काल आउने छैन छाँटकाँट

Bizshala
एसएमई प्लेटफर्म पनि नेप्से ३० जस्तै बन्दै, तत्काल आउने छैन छाँटकाँट
New Office

काठमाण्डौ । नेपाल सरकारले मन्त्रीपरिषद्बाट पास गरेर पठाएको एसएमई प्लेटफर्म तत्काल आउने सम्भावना देखिएको छैन । नेप्सेस्थित उच्च स्रोतले दिएको जानकारी अनुसार एसएमईको लागि छुट्टै प्लेटफर्म निमार्ण गर्न नेप्सेनै अनिच्छुक देखिएको छ । खासगरि नेप्से धितोपत्र निष्कासन तथा कारोबार नियामवली २०८१ मा नै नेप्सेको असमति रहेको स्रोतले दाबी गरेको छ । यहि कारण लामो समयदेखि अन्यौलमा रहेको नेप्से ३० जस्तै एसएमई प्लेटफर्म पनि अन्यौलमा परेको हो ।  

नेप्सेका प्रवक्ता मूराहरी पराजुलीले दिएको जानकारी अनुसार यस विषयमा के कसरी सञ्चालन गर्ने भन्ने नेप्सेको सञ्चालक समितिमा छलफल हुँदै छ । प्रवक्ता पराजुलीले यसलाई छ्ुट्टै इन्डेक्स बनाउने वा हालको उप सूचकहरुमा एउटा समूह थप्ने भन्ने बिषयमा सञ्चालक समितिमा नै छलफल हुने पनि उनले जानकारी दिए ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

पराजुलीले अन्तराष्ट्रिय बजारमा एसएमई प्लेटफर्म स्टक एक्सचेञ्ज बाहेक बाहिरबाट पनि सञ्चालन हुनसक्ने पनि पराजुलीले जानकारी दिए । तर नेपालमा के कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा सञ्चालक समितिमा छलफल पछि मात्रै निश्चित हुने उनले जानकारी दिए ।  

एसएमईसम्बन्धी नियमावलीमा २५ करोड रुपैयाँभन्दा कम चुक्तापूँजी भएका कम्पनीहरुले छुट्टै प्लेटफर्ममार्फत सार्वजनिक निष्कासन गर्ने व्यबस्था गरेको छ । यस्ता कम्पनीहरुलाई चुक्तापूँजीको ३० देखि ४९ प्रतिशतसम्म सर्वसाधारण्मा आईपीओ जारी गर्न दिइने व्यवस्था गरिएको छ । सर्वसाधारणले यस्ता कम्पनीको आईपीओ भर्दा न्यूनतम ५ सय कित्ताका लागि आवेदन दिनु पर्नेछ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

नियमावली अनुसार लगातार ३ वर्षसम्म नाफामा रहेका एसएमई कम्पनीले प्रिमियम मूल्यमा समेत आईपीओ जारी गर्न पाउनेछन् । कम्पनीहरुले प्रारम्भिक सार्वजनिक निष्कासन गर्नु पूर्व प्रारम्भिक सार्वजनिक निष्कासन गरिने धितोपत्रको ५ प्रतिशत सोको निष्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्ने मर्चेन्ट बैंकरले र १५ प्रतिशत योग्य संस्थागत लगानीकर्ताले खरिद गरेको हुनु पर्नेछ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.