काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा एकैपटक ११ जना कार्यकारी निर्देशक सरुवा भएका छन् । राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले १८ जनामध्ये ११ जना कार्यकारी निर्देशक सुरुवा गरेका हुन् ।
विदेशी विनिमय विभागमा कार्यरत कार्यकारी निर्देशक रेवती प्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभागमा कार्यरत रामु पौडेललाई बैंक तथा वित्तीय सेवा नियमन विभागमा, मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत विश्रृत थापालाई वित्तीय संस्था सुपरिवेक्षण विभागमा, मौद्रिक व्यवस्थापन विभागमा कार्यरत दयाराम शर्मालाई गभर्नरको कार्यालयमा,बैंक तथा वित्तीय संस्था नियमन विभागमा कार्यरत गुरुप्रसाद पौडेललाई मानव संसाधन व्यवस्थापन विभाग र भुक्तानी प्रणाली विभागमा कार्यरत किरण पण्डितलाई विदेशी विनिमय व्यवस्थापन विभागमा सुरुवा गरिएको छ ।
यसैगरी वित्तीय संस्था सुपरिवेक्षण विभागमा कार्यरत डा.सेत्येन्द तिमिल्सिनालाई भुक्तानी प्रणाली विभागमा, सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा कार्यरत रोशन कुमार सिग्देललाई बैंकिङ विभागमा, बैंकिङ विभागमा कार्यरत डिल्लीराम पोख्रेललाई मौद्रिक व्यवस्थापन विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा कार्यरत अनुज दाहाललाई मुद्रा व्यवस्थापन विभागमा र गभर्नरको कार्यालयमा कार्यरत राजन विक्रम थापालाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा पदस्थापन गरिएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                