सोमबार, श्रावण १८,२०८३ 04:52:54
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:52:54
Bizshala
Global IME Bank Limited

सरकारद्वारा सगरमाथा आरोहण शुल्क ३५% ले वृद्धि, अब कति तिर्नुपर्ने ?

सरकारद्वारा सगरमाथा आरोहण शुल्क ३५% ले वृद्धि, अब कति तिर्नुपर्ने ?
New Office

काठमाण्डौ । नेपाल सरकारले सगरमाथा आरोहण शुल्क वृद्धि गर्ने निर्णय गरेको छ । सरकारले विदेशी आरोहीहरुका लागि सगरमाथा आरोहण शुल्क ३५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो ।  

यससँगै अब सरमाथा आरोहण गर्न चाहने विदशी पर्यटकले १५ हजार डलर तिर्नु पर्नेछ । यसअघि भने सरकारले ११ हजार शुल्क लिने गरेको थियो । हिमाल आरोहणहरुबाट प्राप्त हुने रकम नेपालको विदेशी मुद्राको प्रमुख स्रोतमध्येकको एक हो ।  

यो नयाँ शुल्कवृद्धि आगामी सेप्टेम्बर महिनादेखि लागू हुनेछ । यससँगै आरोहणको चर्चित सिजन,अप्रिल–मे सिजनमा पर्यटकहरुले नयाँ शुल्क तिर्नु पर्नेछ ।  

यस्तै कम आरोहणका हुने सिजन सेप्टेम्बर–नोभेम्बर र डिसेम्बर–फेब्रुअरीका लागि पनि सरकारले ३६ प्रतिशतले शुल्क वृद्धि गर्दै क्रमशः७ हजार ५ सय र ३ हजार ५ सय डलर कायम गरेको छ ।  

गत वर्षदेखि छलफलको क्रममा रहेकोमा सरकारले गरेको मूल्यवृद्धिले विदेशी आरोहीहरु हतोत्साहित हुने केही आरोहण व्यवसायीहरुले बताएका छन् । सगरमाथा आरोहणका लागि नेपाल सरकारले प्रत्येक वर्ष करिब ३ सय वटा अनुमति दिने गरेको छ ।  

यद्यपी सुरक्षा र सरसफाइको विषयमा भने बेलाबेला प्रश्न उठ्ने गरेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.