मंगलवार, बैशाख ८,२०८३ 02:27:56
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 02:27:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यामाहाद्वारा काठमाण्डौमा माइलेज च्यालेन्ज र र्यालीको आयोजना

Bizshala
यामाहाद्वारा काठमाण्डौमा माइलेज च्यालेन्ज र र्यालीको आयोजना
Shivam Cement

काठमाण्डौ । काठमाण्डौका लागि यामाहाको स्कुटर तथा मोटरसाइकलको आधिकारिक बिक्रेता ब्लू स्क्वाएर, नक्सालले यामाहा रेजेडआर हाइब्रिड १२५ सीसी सेग्मेन्टको स्कुटरको माईलेज च्यालेन्ज र र्याली सफलतापुर्वक सम्पन्न गरेको छ।

यामाहा रेजेडआर हाइब्रिड १२५ सीसीलाई नेपालको स्कुटर सेग्मेन्टमा सबैभन्दा उच्च माईलेज दिने स्कुटरका रूपमा गरिँदै आएको दाबीलाई सत्य साबित गर्न यस कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ। यामाहा रेजेडआर हाइब्रिड १२५ सीसी जस्तोसुकै भू–भागमा पनि सजिलै चलाउन सकिने र अरु कम्पनीका स्कुटरको तुलनामा उच्च माईलेज दिने कुरा प्रमाणित गर्न डिलरले काठमाण्डौका आफ्ना २५ जना रेजेडआर हाइब्रिड १२५ सीसीका ग्राहकहरुलाई माइलेज च्यालेन्जमा सहभागी गराएको थियो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कार्यक्रम यामाहा शोरुम ब्लू स्क्वाएर, नक्सालबाट सुरु भई दक्षिणकाली भिलेज रिसोर्टमा पुगेर सम्पन्न भएको थियो। स्कुटरले समतल बाटोमा मात्र नभई उकालो, ओरालोर खाल्डा खुल्डीमा समेत कस्तो पर्फमेन्स दिन्छ र कतिसम्म माइलेज प्रदान गर्छ भन्ने हेतुले उक्त स्थान रोजिएको कम्पनीको भनाई छ माईलेज च्यालेन्जमा सहभागी ग्राहकहरुलाई विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाउँदै रेजेडआर हाइब्रिड १२५ सीसीका बारेमा जानकारी समेत गराइएको थियो।

स्कुटरका बारेमा जानकारी गराउने क्रममायामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले भने, ‘रेजेडआर १२५ हाइब्रिड’ विभिन्न आवश्यकता र सवारहरूको प्राथमिकता पूरा गर्नस्टाण्डर्ड, डिलक्स, प्रिमियम र प्रिमियम प्लसगरी चार स्ट्रिमहरूमा उपलब्ध छ। १४५ एमएमको ग्राउन्ड क्लियरेन्सको साथ मात्र ९९ किलोग्राम तौलको यस हल्का स्कुटरमा युनिफाइड ब्रेकिङ सिस्टम (यूबीएस), साइड स्ट्यान्ड इन्जिन कट–अफ फङ्सनर २१ लिटर अन्डर–सीट भण्डारण जस्ता सुविधाहरू छन्। स्टप एण्ड स्टार्ट प्रणालीले छोटो बिसौनीमा इन्जिनलाई स्वतः स्विच अफ गरी मूल्यवान ऊर्जा बचत गरेर इन्धन दक्षता अझ बढाउँछ।’

CG Motors
Garima Development Bank
IME remit

र्यालीको समापनमा माइलेज च्यालेन्जका विजेताहरूको नाम घोषणा गरिएको थियो जसमा ७३.३३ किमि प्रतिलिटर माईलेजका साथ अनिशा श्रेष्ठ प्रथम, ६४.७२ किमि प्रतिलिटर माईलेजका साथ काजल शाही द्वितीय तथा ५९.७५ किमि प्रतिलिटर माईलेजका साथ शमशेर आलम तृतीय भएका थिए।

यामाहाको यस उत्साहजनक पहललाई साथ दिने सहभागीहरूलाई धन्यवाद तथा विजेताहरूलाई बधाई ज्ञापन गर्दैकार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अग्रवालले सेवाग्राहीप्रति आफ्नो उत्पादनको विश्वास बढाउन र सेवाग्राहीका अपेक्षाबारे जानकारी लिन यस किसिमका कार्यक्रमहरूआगामी दिनमा देशैभरि आयोजना गर्ने प्रतिबद्धता दोहोर्याए।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.