बुधबार, आश्विन १४,२०८३ 04:13:34
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 04:13:34
Bizshala
Global IME Bank Limited

आरबीआईले ५ वर्षमा पहिलोपटक घटायो ब्याजदर, महङ्गीदर ४.८% रहने अनुमान

Bizshala
आरबीआईले ५ वर्षमा पहिलोपटक घटायो ब्याजदर, महङ्गीदर ४.८% रहने अनुमान
New Office

काठमाण्डौ । भारतीय केन्द्रीय बैंक,‘रिजर्भ बैंक इण्डिया(आरबीआई)’ले ५ वर्षमा पहिलोपटक ब्याजदरमा कटौती गरेको छ । आरबीआईले ब्याजदर ६.५ प्रतिशतबाट घटेर ६.२५ प्रतिशतमा झारेको छ ।  

आरबीआईका गभर्नर सञ्जय मल्होत्राले आज मौद्रिक नीति कमिटीले गरेको निर्णयका बारेमा जानकारी दिएका हुन् ।      

यससँगै अब भारतमा सबै कर्जा सस्तो पर्नेछ भने ईएमआई पनि घट्नेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

रेपो रेट घटेसँगै बैंकहरुले हाउजिङ तथा अटो जस्ता कर्जाहरुमाथिको आफ्नो ब्याजदर पनि घटाउन सक्नेछन् । ब्याजदर घटेसँगै हाउजिङको माग बढ्नेछ । धेरैजसो मानिसहरुले रियल स्टेटमा लगानी गर्न सक्ने जनाइएको छ ।  

भारतीय रिजर्भ र्बैंकले आर्थिक वर्ष २०२६का लागि भारतको विकासदर ६.७ प्रतिशत रहने अनुमान गरेको छ । यस्तै वित्त वर्ष २०२६ का लागि रियल जीडीपी ग्रोथ ६.७५ प्रतिशत,अप्रिल–जुन २०२५ त्रैमासको ६.७ प्रतिशत,जुलाई–सेप्टेम्बर २०२५ त्रैमासका लागि ७ प्रतिशत रहने अनुमान गरिएको छ ।  

यस्तै गभर्नर मल्होत्राले यो वित्त वर्षमा भारतको महङ्गाई दर ४.८ प्रतिशत रहने अनुमान गरेको छ । उनले आगामी दिनमा महङ्गीदर थप घट्दै जाने बताए ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.