काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला थप अर्को कार्यकालका लागि नियुक्त भएका छन् ।
पुस ५ गते बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निणर्य गरेको हो ।
साढे २ दशकभन्दा लामो अनुभव बटुली सकेका कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् ।
पहिलो कार्याकालमा माछापुच्छ्रे बैंकले वित्तीय सूचकहरुमा उल्लेख्य सुधार गर्दै डिजीटल प्रविधिमा पनि उस्तै फड्को मारेको छ । यो बैंकको संस्थागत सुशासन पनि उदाहरणीय छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।