काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाल नियुक्त भएका छन् । कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई कम्पनीको स्वतनत्र विज्ञ सञ्चालकमा नियुक्त गरेको हो ।
उनलाई बीमा ऐन,२०७९ तथा कम्पनी ऐन २०६३ मा व्यवस्था भएबमोजिम योग्यता र अनुभव हासिल गरेको आधारमा विज्ञ सञ्चालक नियुक्त गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।