गुहेश्वरी मर्चेन्ट बैंकिङको स्वतन्त्र सञ्चालकमा राजेश मानन्धर नियुक्त
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको स्वतन्त्र संचालकमा राजेश प्रसाद मानन्धर नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको असार २१ गते बसेको बैठकले मानन्धरलाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । मानन्धरसँग बित्तिय क्षेत्रमा २६ वष र इन्स्योरेन्स क्षेत्रमा २ वर्ष कार्य गरेको अनुभब रहेको छ ।